Khabarpato logo

         

समाचार

२२१ समाचार


छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेकोबताएका छन् । उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा दलहरूबीच छलफल भइरहेकाले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने उल्लेख गरे । सिन्धुलीको सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार...


काभ्रेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

काभ्रेपलाञ्चोक जिल्लाको सिसाखानी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


बिराटनगरका पूर्वप्रमुख एवं संविधानसभा सदस्य कोइरालाको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका पूर्वप्रमुखअशोक कोइरालाको निधन भएको छ । ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको थियो । मुटु रोगको समस्या भएका कोइरालालाई स्वासप्रस्वासको समस्या भएपछि मंगलबार रातीन्यूरो अस्पताल भर्ना गरिएको थियो । उनलाई...


इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजको प्रिन्सिपलमा प्रा.डा. श्रेष्ठ

थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजमा प्रा.डा. बालकृष्ण श्रेष्ठ प्रिन्सिपल नियुक्त भएका छन् । श्रेष्ठलाई कलेजका अध्यक्ष नवीन चौहानले स्वागत गरे । प्रा.डा. श्रेष्ठ त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्वप्रमुख हुन् । उनी विषय समितिका पूर्वअध्यक्ष र हाल म्यानेजमन्ट...


एमाले संसदीय दलको बैठक आज बस्दै

लामो समयदेखि आन्तरिक लफडा र विवादमा फसिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने...


राष्ट्रिय सहकारी बैंकले माग्याे ६३ स्थायी कर्मचारी

राष्ट्रिय सहकारी बैंक लिमिटेडले ४ चैतमा सूचना प्रकाशन गरी स्थायी कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक, बरिष्ठ सहायक, सहायक अधिकृत र अधिकृत पदका लागि बैंकद्वारा दरखास्त आह्वान गरिएको...


'शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ'

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले पार्टीभित्रको विधि र पद्धतिको लडाइँ निरन्तर लड्नुपर्ने निष्कर्ष निकालेको छ । अहिलेको लडाइँ पनि पार्टीमा विधि र पद्धतिकै लागि भएको यो खेमाको दाबी छ । आज सुरु भएको यो खेमाको राष्ट्रिय कार्यकर्ता भेलापछि...


नेपाल-खनालले ओलीले बोलाएको संसदीय दलको बैठक पनि बहिष्कार गर्ने

पछिल्लो राजनीतिक परिदृश्य तातिरहेका बेला नेकपा एमालेभित्रको विवाद र मतभेदको खाडल झनै गहिरिँदै गएको छ । केही दिनयता एमालेका २ खेमा अध्यक्ष केपी ओली र असन्तुष्ट माधव नेपाल-झलनाथ खनालका बीच सार्वजनिक रूपमै चलेको जुहारीले एमालेको नियति र सरकारको अवस्था के...


नेप्सेले निफ्रासँग सोध्यो- सूचना किन चुहावट भयो ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नियामक निकायलाई सूचना दिनुपूर्व नै अनधिकृत रूपमा सूचना चुहावट गरेको भन्दै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)सँग स्पष्टीकरण सोधेको छ । निफ्रालाई चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र स्पष्टीकरण बुझाउन नेप्सेले निर्देशन दिएको छ । धितोपत्र मूल्यमा प्रभाव पार्ने...


नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या

भारतको राजधानी नयाँ दिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ । नुवाकोट घर भएकी ४५ वर्षीय मीना तामाङ नयाँ दिल्लीको मजनुका टिलामा५वर्षदेखि किराना पसल गर्दै आएकी थिइन् । दिल्ली प्रहरीका अनुसार बुधबार बिहान...


कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, आफ्ना मन्त्रीलाई सरकार छाड्न निर्देशन

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन पनि...


सबै समस्याका मूल कारक केपी ओली हुन्: माधव नेपाल

आज जारी आफ्नो खेमाको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको सबै समस्याको मूल कारक पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । उनले केपी ओलीको अहंकार एवं व्यक्तिवादी चरित्र, गुटगत मनोवृत्ति र...


खनाल-नेपाल खेमाको कार्यकर्ता भेला सुरु, के गर्ला निर्णय ?

नेकपा(एमाले)को असन्तुष्टखनाल-नेपाल खेमाको २ दिने राष्ट्रिय कार्यकर्ता भेला बुधबार काठमाडौंमा सुरु भएको छ । भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने अर्का वरिष्ठ नेता माधवकुमारनेपाल विशेष अतिथि छन् । देशभरबाट करिब २ हजार नेता, कार्यकर्ता सहभागी हुने बताइएको...


प्रचण्ड-माधवलाई सरकार बनाउन सहयोग गर्न सकिन्छ: कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन प्रचण्ड-माधव समूहलाई सहयोग गर्न सकिने बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले अरूलाई सहयोग गरेर पनि देशलाई संकटबाट पार लगाउन सक्ने उनको भनाइ थियो । कांग्रेसले आफ्नो हैसियतमा रहेर अरूलाई सरकार...


आईपीओका लागि ग्लोबल आईएमई सर्वोत्तमको बिक्री प्रबन्धक

बुधबार एक कार्यक्रमको आयोजना गरेर सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल र एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक बिल्डिङको माध्यमबाट आईपीओ जारी...


बढ्दो रेमिट्यान्स, घट्दो श्रम बजार

चालू आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय तथ्यांकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले बढेर ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।...


च्याम्पियन्स लिगको क्वार्टर फाइनल समीकरण पूरा, कोको पुगे क्वार्टर फाइनलमा ?

दोस्रो लेगमा गए राती भएको खेलमा म्यानचेस्टर सिटी २-० र समग्रमा ४-० को जीतका साथ युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । सिटीले अन्तिम ८ को यात्रा तय गरेको यो लगातार चौथो सिजन हो । जर्मन प्रतिस्पर्धी बोरुसिया मोन्चेनग्लाडबाचविरुद्ध...


अध्यक्ष र महासचिवका धम्की र चेतावनीलाई बेवास्ता गर्दै नेपाल-खनाल

अध्यक्ष केपी शर्मा ओलीको मौखिक र महासचिव ईश्वर पोखरेलको लिखित धम्की र चेतावनीका बाबजुद नेकपा एमाले नेपाल-खनाल खेमाको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै छ । ललितपुरको सानेपामा आज बिहान ११ बजेदेखि भेला सुरु हुने एमाले प्रचार विभागले जानकारी दिएको...


मुद्रास्फीति २.७० प्रतिशतमा सीमित, कुन समूह र उपसमूहको कति ?

नेपाल राष्ट्र बैँकले माघ महिनाकाे आर्थिक तथा वित्तीय स्थितिप्रकाशनगरेको छ ।प्रतिवेदनका अनुसार गत वर्षकाे तुलनामासाे महिनामा उपभोक्ता मुद्रास्फीति घटेकाे छ । २०७७ माघमा उपभोक्ता मुद्रास्फीति२.७०प्रतिशतमा रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो...


निरन्तरको घाटामा आयल निगम, फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

पटकपटक मूल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै