Khabarpato logo

         

राजनीति

छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी

खबरदाता

खबरदाता

छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी

फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेको बताएका छन्  । उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा दलहरूबीच छलफल भइरहेकाले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने उल्लेख गरे ।

सिन्धुलीको सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पहिले पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गरी निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै प्रधानमन्त्रीको आलोपालो नेतृत्वका लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा भने नपुगेको उल्लेख गरे ।

दाहालले केन्द्र सरकार फेरबदलको टुंगो नलागेसम्म प्रदेशमा पनि सरकार फेरबदल नभइहाल्ने बताए । एमाले विवादको प्रसंगमा अध्यक्ष दाहालले केपी ओलीले एमालेको नेतृत्व नगरेर गुट चलाएको आरोप लगाउँदै संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस किमार्थ पूरा नहुने र आफूहरू त्यसका विरुद्ध जुनसुकै स्तरको संघर्ष गर्न तयार रहेको सुनाए ।

पछिल्लो पटक राष्ट्रपतिले बोलाएको चियापानमा केपी ओलीसँग भेट भएको बताउँदै दाहालले ओलीको प्रस्तुति उही लोकतन्त्र र संविधान मास्ने खालकै भएको बताए । प्रधानमन्त्री ओलीले भेट्नका लागि भन्दै आफूलाई टेलिफोन गरेको तर आफूले २ पटक फोन गर्दा पनि नउठाएको उनको भनाइ थियो ।

२७ वर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले बुधबार अनौपचारिक भ्रमणमा आफू सिन्धुली आएको बताउँदै अध्यक्ष दाहालले कम्युनिस्ट एकता भाँड्न एकथरि लागिरहेका बेलामा आफूले नै प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको व्यक्तिले नै दुर्घटना गराएको भन्दै ओलीको आलोचना गरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…