Khabarpato logo

कला/साहित्य

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

खबरदाता

खबरदाता

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदै छन् ।

२३ मङ्सिर शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा र 'अविनास' सापकोटाले सुन्दर र सशक्त गजल प्रस्तुत गर्ने आयोजकले बताएको छ ।

सोही कार्यक्रममा प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारको १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ । यसका अलावा १० जना गजलकारका १० वटा उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता भुवन निश्तेज वाचन गर्नुहुनेछ । 

यसअघि गजल मुशायरा- १ मा डा. प्रदीपकुमार मैनाली, आवाज शर्मा र शान्ति शर्मा प्रस्तुत भएका थिए भने गजल मुशायरा- २ मा राधा कणेल, अनजान यात्री र मिलनकुमार ढुङ्गानालाई प्रस्तुत गरिएको थियो ।

'नेपाली गजलको विकास र विस्तारका लागि' मूल मन्त्र लिएको प्रतिष्ठानले हरेक महिना गजल सुन्ने/सुनाउने गर्दै आएको छ भने बहर बहार र मोती पाठशालामार्फत गजल प्रशिक्षण पनि दिँदै आएको छ ।

साथै, निकट भविष्यमा 'गजल आइडल' आयोजना गर्ने योजनासमेत बनाइरहेको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

आागामी १८ चैतमा दोस्रो साङ्गीतिक मुशायराको समेत आयोजना हुने जनाइएको छ ।

यस कार्यक्रमका प्रायोजक रूपमा ग्लोबल आइएमई बैँक, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड, नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट तथा मिडिया पार्टनरमा युनिभर्सल टेलिभिजन र अनलाइन पार्टनर साहित्य पोस्ट रहनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि