Khabarpato logo

         

समाचार

२२१ समाचार


एमालेमा समानान्तर कमिटी बनाउँदै खनाल-नेपाल

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेर आफ्नो खेमाका नेताहरूको जिम्मेवारी खोसेपछि खनाल-नेपाल खेमाले आकस्मिक बैठक बसेर समानान्तर कमिटी बनाउने निर्णय...


ओलीले हटाइदिए पार्टीको जिम्मेवारीबाट विरोधीहरूलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसिदिएका छन् । सर्वोच्च अदालतको २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका भए पनि बैठकको एक...


जसपाले चयन गर्न सकेन संसदीय दलको नेता

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चुन्न सकेन । आज सिंहदरबारमा बसेको संसदीय दल बैठकमा नेता चयनको विषयमा सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए । जसपामा संसदीय दलको नेताका लागि चुनाव हुने सम्भावना बढेको छ । एमालेसँगको नयाँ...


बादल समूहबाट यी बने एमालेका केन्द्रीय सदस्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिएका छन् । बादल समूहका रामबहादुर...


सुवेदी र चुँडाल सर्वोच्चको न्यायाधीश सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत...


एमाले-जसपा गठबन्धनमा सरकार बनाउन छलफल, कार्यदलले गर्नेछ काम

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच संंयुक्त सरकार निर्माणका विषयमाबिहीबार बेलुका छलफल भएको छ । सत्ता साझेदारीका लागि यी २ दलका शीर्ष नेताहरूबीच भएको छलफलपछि जसपाका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री...


जो वाइडेनको १९ खर्बको कोभिड राहत प्याकेज पारित

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसदबाट पारित भएको छ । महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए । बुधबार...


म्यान्मारको सेनाद्वारा नेतृ सु कीलाई ६ लाख डलर र सुन लिएको आरोप

म्यान्मारको सैनिक शासकले अपदस्त गरिएकी नेतृ आङ सान सु कीलाई गैरकानुनी ढंगले ६ लाख डलर र सुन लिएको आरोप लगाएको छ । गत १ फेब्रुअरीमा सेनाले प्रजातान्त्रिक सरकारको नेतृत्वलाई अपदस्त गरेपछिसु कीविरुद्ध लगाइएको यो सबैभन्दा ठूलो आरोप हो । उक्त...


मुख्यमन्त्री बनर्जीमाथि आक्रमण

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु...


इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजमा नवीन चौहान

थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आईएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् । विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवंसहप्राचार्यसमेत हुन् । चौहानको टिममा...


लाेकसेवाले माग्याे ठूलाे संख्यामा कर्मचारी, एसएलसी वा साे सरहले आवेदन दिन सक्ने

लाेक सेवा आयाेगले निजामती सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा ४८९ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेकाे छ । आयाेगकाविभिन्न कार्यालयका लागि कर्मचारी माग गरिएकाे हाे । न्यूनतम एसएलसी वा साे सरह योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तकाे आवेदन...


आधा घन्टामै पशुपति दर्शन

आज महाशिवरात्रिका लागि प्रमुख तीर्थस्थल पशुपतिनाथ आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले छिटो र छरितो रूपमा दर्शन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । बिहान ९ बजेको अवधिसम्म करिब २ लाख जनाले पशुपतिनाथको दर्शन गरिसकेको कोषले जानकारी दिएको छ...


यस्तो छ आज पशुपतिमा शिवरात्रिको व्यवस्थापन (रुट र लाइनसहित)

आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी बिहीबार महाशिवरात्रि पर्व मनाइँदै छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी...


३ चैतसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक ३ चैतसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ३ चैतदिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा उपस्थित नभई फर्किएपछि कार्यसूची संशोधन...


कर्मचारी सञ्चयकोषमा स्थायी कर्मचारी आवश्यकता

कर्मचारी सञ्चयकोष पुल्चोक कार्यालयले स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कोषले २१ फागुनमा गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि कर्मचारीको विज्ञापन गरेको हो । १ प्रबन्धक (प्रशासन), २ उपप्रबन्धक (प्रशासन), २ उपप्रबन्धक (कम्प्युटर इन्जिनियर), १३ सहायक प्रबन्धक...


नेपाल राष्ट्र बैंकमा पहिलो महिला डेपुटी गभर्नर

२५ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंककै इतिहासमा बैंकले पहिलो पटक महिला डेपुटी गभर्नर पाएको हो । ५वर्षअघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको...


रङभेदको विषयलाई गम्भीरताका साथ लिएका छौँ: बेलायती राजदरबार

बेलायती राजदरबारले राजकुमार ह्यारी तथा उनकी पत्नी मेगन मार्केलले दिएको अन्तर्वार्तामा उठाइएका जातीय प्रकृतिका प्रसंग निकै चिन्ताजनक भएको प्रतिक्रिया दिएको छ । महारानी एलिजाबेथको तर्फबाट एक वक्तव्य जारी गर्दै दरबारले ती विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ओप्रा विन्फ्रीसँगको अन्तर्वाताका...


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने बताइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।...


आज प्रतिनिधिसभा बैठक बस्दै

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछिको दोस्रो बैठक आज बस्न लागेको हो । यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...


एमाले-जसपा गठबन्धनमा सरकार बनाउने तयारी

नेकपा माओवादीले केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरिरहेका बेला सत्तारुढ दल नेेेेकपाएमालेलेजनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि हात बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटपछि सत्ता साझेदारीका लागि गृहकार्य गर्न ५सदस्यीय कार्यदल गठन...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै