Khabarpato logo

         

राजनीति

अध्यक्ष र महासचिवका धम्की र चेतावनीलाई बेवास्ता गर्दै नेपाल-खनाल

खबरदाता

खबरदाता

अध्यक्ष र महासचिवका धम्की र चेतावनीलाई बेवास्ता गर्दै नेपाल-खनाल

अध्यक्ष केपी शर्मा ओलीको मौखिक र महासचिव ईश्वर पोखरेलको लिखित धम्की र चेतावनीका बाबजुद नेकपा एमाले नेपाल-खनाल खेमाको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै छ । 

ललितपुरको सानेपामा आज बिहान ११ बजेदेखि भेला सुरु हुने एमाले प्रचार विभागले जानकारी दिएको छ । भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत २ हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।

राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताइएको छ । भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ। 

ओली खेमाले भने खनाल-नेपालले बोलाएको भेलालाई 'गुटको भेला' भन्दै त्यहाँ नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष ओलीले हिजोको चियापानबाटै मौखिक सार्वजनिक निर्देशन दिएका थिए भने महासचिव ईश्वर पोखरेलले हिजो बेलुका विज्ञप्ति जारी गर्दै अनधिकृत र गुटगत भेला नगर्न/नगराउन र त्यसमा सहभागी नहुन एमालेका नेता/कार्यकरालाई निर्देशन दिएका छन् । निर्देशन नमानेर यदि नेपाल-खनालको उक्त भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावलीबमोजिम कारबाही गरिने चेतावनी पनि पोखरेलले दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…