Khabarpato logo

         

हाम्रो बारेमा

खबरपातोडटकम हाम्रो समाज, राष्ट्र र विश्वमा भइरहेका मानवीय चासो र रुचिका घटना, गतिविधि र विचार संप्रेषण गर्ने डिजिटल प्लेटफर्म हो । खबरपातोडटकमले प्रस्ट भनेको छ- निष्पक्ष समाचार, तटस्थ विचार । खबरपातो समाजमा भइरहेका नकारात्मक गतिविधिमा खबरदारी र सकारात्मक कामलाई प्रोत्साहन गर्न सचेत छ । यसले तपाईँको सूचना तथा विश्लेषणको तिर्खा मेटाउने प्रयास गर्नेछ । यो सत्य, तथ्य र निष्पक्षतामा विश्वास गर्छ ।

खबरपातोले समाजका हरेक पक्ष अर्थात् राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, वातावरणीय, साहित्यिकलगायतका क्षेत्रमा बहस, अन्तर्क्रिया र छलफललाई प्राथमिकता दिनेछ । दैनन्दिनका नियमित घटना वा दुर्घटनाभन्दा ती हुनुका कारण र तिनको नियन्त्रण र निराकरणका उपायबारे मन्थन खबरपातोको उद्देश्य र प्राथमिकता हो ।