Khabarpato logo

समाचार

बिराटनगरका पूर्वप्रमुख एवं संविधानसभा सदस्य कोइरालाको निधन

खबरदाता

खबरदाता

बिराटनगरका पूर्वप्रमुख एवं संविधानसभा सदस्य कोइरालाको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका पूर्वप्रमुख अशोक कोइरालाको निधन भएको छ । ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको थियो ।

मुटु रोगको समस्या भएका कोइरालालाई  स्वासप्रस्वासको समस्या भएपछि मंगलबार राती न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया पनि देखिएको बताइएको छ ।

कोइराला कांग्रेसका पूर्वसभापति एवं  पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाका आफ्नै भाइ हुन् । बुबा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौँ सन्तानका रूपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।

२०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बनेका नेता कोइराला लामो समय राजनीतिमा सक्रिय रहेका थिए । केही वर्षयता भने स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।

निधनपछि उनको शव विराटनगर महानगरपालिका- ८ स्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता, कार्यकर्ता उनको निवासमा भेला भएका छन् ।

कोइरालाका श्रीमती, १ छोरा र १ छोरी छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि