Khabarpato logo

         

राजनीति

खनाल-नेपाल खेमाको कार्यकर्ता भेला सुरु, के गर्ला निर्णय ?

खबरदाता

खबरदाता

खनाल-नेपाल खेमाको कार्यकर्ता भेला सुरु, के गर्ला निर्णय ?

नेकपा(एमाले)को असन्तुष्ट खनाल-नेपाल खेमाको २ दिने राष्ट्रिय कार्यकर्ता भेला बुधबार काठमाडौंमा सुरु भएको छ ।

भेलाको अध्यक्षता वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाल विशेष अतिथि छन् । देशभरबाट करिब २ हजार नेता, कार्यकर्ता सहभागी हुने बताइएको उक्त भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरू पनि सहभागी छन् ।

ओली नेतृत्वका कमीकमजोरी र अबको बाटोबारे अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी गरिएको बताइएको छ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने खनाल-नेपाल निकट स्रोतले उल्लेख गरेको छ ।

उक्त खेमाको भेलालाई 'गुट'को संज्ञा दिएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली खेमाले भने आपत्ति जनाएको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नेकपा (एमाले)ले कुनै भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त भेलामा काेही नेता, कार्यकर्तालाई नजान र गएमा विधानबमोजिम कारबाही गर्न चेतावनी दिएका थिए ।

ओली खेमाले २८ फागुनमा एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल खेमाका नेताहरूको पद खारेज गरी जिम्मेवारीसमेत खोसिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल खेमाले छुट्टै राष्ट्रिय भेला बोलाएको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…