Khabarpato logo

         

राजनीति

'शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ'

खबरदाता

खबरदाता

'शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ'

फाइल फोटो

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले पार्टीभित्रको विधि र पद्धतिको लडाइँ निरन्तर लड्नुपर्ने निष्कर्ष निकालेको छ । अहिलेको लडाइँ पनि पार्टीमा विधि र पद्धतिकै लागि भएको यो खेमाको दाबी छ ।

आज सुरु भएको यो खेमाको राष्ट्रिय कार्यकर्ता भेलापछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो भेला एमालेबाट छुट्टिन गरेको नभई विधि र पद्धति बसाल्न भएको बताए । उनले भने, 'त्यसो हो भने त अर्को ब्यानरमा हुन्थ्यो । तर, हामी पार्टी फुटाउन दिँदैनौँ।’ 

भट्टराईले अध्यक्ष ओलीले पटकपटक चेतावनी स्वरूप आफ्नो खेमाका नेता, कार्यकर्तालाई भन्ने गरेको 'कारबाही'लाई लक्षित गर्दै भने, 'शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ ।’ 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकबारे जानकारी प्राप्त भए पनि उक्त बैठकमा आफ्नो खेमाका नेता नजाने उनले जानकारी दिए ।

संसदीय दलमा आफ्नो खेमाको गुनासो नभएको तर आफ्नो खेमाको अनुकूल समयमा बोलाएको खण्डमा भने बैठकमा जाने उनको भनाइ थियो । अहिले राष्ट्रिय कार्यकर्ता भेलामा नेताहरू केन्द्रित र व्यस्त भएकाले प्रधानमन्त्रीले बोलाएको बैठकमा जान नसक्ने भट्टराईले प्रष्ट्याए ।

पार्टी एकताको आधार २ जेठ २०७२ नै भएको आफ्नो खेमाको ठहर भएको पनि उनले सुनाए ।

ओलीले २८ फागुनको आफ्नो निर्णय फिर्ता लिएपछि मात्र साझा बैठक हुने र ७ गतेको बैठक आधिकारिक नहुने उनको भनाइ थियो । 'आफ्नो निर्णय फिर्ता भएन भने त्यो उहाँको गुटको बैठक हुन्छ’, उनले भने । 

उनले कर्णाली प्रदेशमा एमाले र माओवादी सरकार रहेको र कर्णाली सरकारलाई दिइएको समर्थन कायम रहेको पनि बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…