Khabarpato logo

         

शिक्षा

इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजको प्रिन्सिपलमा प्रा.डा. श्रेष्ठ

खबरदाता

खबरदाता

इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजको प्रिन्सिपलमा प्रा.डा. श्रेष्ठ

थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजमा प्रा.डा. बालकृष्ण श्रेष्ठ प्रिन्सिपल नियुक्त भएका छन् । श्रेष्ठलाई कलेजका अध्यक्ष नवीन चौहानले स्वागत गरे ।

प्रा.डा. श्रेष्ठ त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्वप्रमुख हुन् । उनी विषय समितिका पूर्वअध्यक्ष र हाल म्यानेजमन्ट रिसर्च कमिटीका अध्यक्ष छन् ।

सन् २००४ देखि सुरु भएको आईएमएसले विद्यार्थीलाई आत्मनिर्भर बनाई रोजगार बजारमा लैजान ५ वटा कम्पनीसँग सम्झौता (एमओयू) भएको छ ।

आईएमएस कलेजले प्रोसर नेपाल र जेनिस क्लाउड एकेडेमी जस्ता अन्तर्राष्ट्रिय आईटी कम्पनी, ट्यालेन्ट्स् कनेक्ट्स (एचआर कम्पनी) र सेक्युरिटिज कम्पनीहरूसँग सम्झौता गरेको छ । आईएमएसले अबको पठनपाठन विद्यार्थी तथा प्रविधि केन्द्रित हुँदै उनीहरूको व्यक्तित्व विकासलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको हुने दाबी गरेको छ ।

देशभित्रका बिजनेस अर्गनाजेसनको आवश्यकतानुसारको जनशक्ति आईएमएसले तयार गर्छ । विभिन्न विषयका ख्यातिप्राप्त प्रोफेसरहरूलाई नियमित तथा भिजिटिङ क्लासमा सरिक गराई नेपालको उच्चस्तरीय बिजनेस कलेजको रूपमा अगाडि बढाउने योजना कलेजको छ ।

उच्च शिक्षाका लागि विद्यार्थी विदेश पलायन हुने क्रम तीब्र छ । यसलाई रोक्दै नेपालमै विश्व स्तरको शिक्षा प्रदान आईएमएसमा गरिने र त्यसका लागि प्रा.डा. श्रेष्ठको नेतृत्व सबल र सफल हुने अध्यक्ष चौहानले बताए । पाका र अनुभवी प्राज्ञिक व्यक्तित्वको नेतृत्वले कलेजको समग्र पक्षमा उल्लेख्य सुधार हुने विश्वास अध्यक्ष चौहानको छ ।

आईएमएसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बीबीए, बीआईएम, बीबीएस कोर्स पढाइ हुँदै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…