Khabarpato logo

         

राजनीति

ओलीले हटाइदिए पार्टीको जिम्मेवारीबाट विरोधीहरूलाई

खबरदाता

खबरदाता

ओलीले हटाइदिए पार्टीको जिम्मेवारीबाट विरोधीहरूलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसिदिएका छन् ।

सर्वोच्च अदालतको २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका भए पनि बैठकको एक साताअघि नै आफ्नो खेमाको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।

बैठकले एकीकृत भनिएको 'नेकपा' २ खेमामा विभाजित हुँदाका बखत आफ्नो खेमाले गरेको नियुक्तिलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । 

विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

यसरी तोकियो जिम्मेवारी

प्रदेश १

इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल

प्रदेश २

इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह
सचिव : सुमन प्याकुरेल

बाग्मती

इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी

गण्डकी

इन्चार्ज : पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली

लुम्बिनी

इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का

कर्णाली

इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी

सुदूरपश्चिम

इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्रसिंह रावल

यसरी नै बैठकले विभिन्न विभागहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । 

स्कुल विभाग प्रमुखमा केपी शर्मा ओली छन् भने संगठन विभाग प्रमुखमा विष्णु पौडेल र विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ ।

सम्पर्क कमिटी र कोष तथा आर्थिक विभाग प्रमुखको जिम्मेवारी छविलाल विश्वकर्माले पाएका छन् भने संसदीय विभाग प्रमुख सुवास नेम्वाङ र निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाललाई तोकिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…