Khabarpato logo

         

राजनीति

एमाले-जसपा गठबन्धनमा सरकार बनाउन छलफल, कार्यदलले गर्नेछ काम

खबरदाता

खबरदाता

एमाले-जसपा गठबन्धनमा सरकार बनाउन छलफल, कार्यदलले गर्नेछ काम

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच संंयुक्त सरकार निर्माणका विषयमा बिहीबार बेलुका छलफल भएको छ ।

सत्ता साझेदारीका लागि यी २ दलका शीर्ष नेताहरूबीच भएको छलफलपछि जसपाका ‍नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न जसपाले कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ गर्नुपर्ने, मधेस आन्दोलन, टीकापुरलगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टीकापुर घटनाको न्यायिक छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।

यसरी नै सत्ता साझेदारीसँगै संविधान संशोधनको प्रस्ताव दर्ता हुनुपर्ने माग पनि जसपाले अघि सारेको छ । यी माग पूरा भएमा मात्र एमाले नेतृत्वको सरकारमा पनि सामेल हुने अडान जसपाको छ ।

जसपाका शीर्ष नेताले राखेका सर्तप्रति प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राईलगायतका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

एमाले-जसपा सत्ता साझेदारीका लागि गृहकार्य गर्न ५ सदस्यीय कार्यदल गठन पनि भएको छ । कार्यदलमा जसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन् भने एमालेका तर्फबाट संदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई रहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…