Khabarpato logo

         

सं‌सार

म्यान्मारको सेनाद्वारा नेतृ सु कीलाई ६ लाख डलर र सुन लिएको आरोप

एजेन्सी

एजेन्सी

म्यान्मारको सेनाद्वारा नेतृ सु कीलाई ६ लाख डलर र सुन लिएको आरोप

म्यान्मारको सैनिक शासकले अपदस्त गरिएकी नेतृ आङ सान सु कीलाई गैरकानुनी ढंगले ६ लाख डलर र सुन लिएको आरोप लगाएको छ ।

गत १ फेब्रुअरीमा सेनाले प्रजातान्त्रिक सरकारको नेतृत्वलाई अपदस्त गरेपछि सु कीविरुद्ध लगाइएको यो सबैभन्दा ठूलो आरोप हो । 

उक्त आरोप पुष्टि गर्ने कुनै प्रमाण भने उपलब्ध नगराइएको बताइएको छ ।

गत ५ हप्तादेखि अज्ञात स्थानमा बन्धक बनाइएकी सु कीलाई उक्त आरोपका अतिरिक्त कोभिड- १९ को प्रतिबन्धको उल्लंघन गरेको, गैरकानुनी रूपमा रेडियो उपकरणहरू प्रशोधन गरेको र त्रास फैलाएको लगायत अभियोग लगाइएको छ ।

सेनाको कूपछि लगातार भइरहेको शान्तिपूर्ण  प्रदर्शनमा सेनाले नृशंस दमन गर्दै आएको छ । आइतबार मात्र कम्तीमा ६ जना प्रदर्शनकारीहरू मारिएको र कतिपयको टाउकोमा गोली प्रहार गरिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

म्यायिङ शहरको बीच भागमा मारिएका ती ६ जनासमेत सैन्य कूपश्चात् मारिनेको संख्या ६० पुगेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघ, अमेरिकालगायत विश्व समुदायले सेनाको हिंसात्मक कदमको भर्त्सना गर्दै तत्काल दमन रोक्न आग्रह गर्दै आएको भए तापनि सेनाले नटेरेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…