Khabarpato logo

         

समाचार

२२१ समाचार


संखुवासभा बस दुर्घटना: १४ जनाकाे मृत्यु

संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ।मादी नगरपालिका- ६ मा बिहीबार बा४ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।...


युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।युक्रेनमाथि रुसी हमलाकाे एउटा कारण युक्रेनलेनेटोको सदस्य बन्ने चाहना पनि हो ।नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू घुँडा टेकेर केही मागिरहेको देशको...


३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य

सुनको मूल्य बिहीबार तोलामा ३ हजार ५०० रुपैयाँले घटेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ५००...


आईपीएलमा कोहलीको अधुरो सपना पूरा गर्न सक्ने ३ खेलाडी

भारतीय क्रिकेटरविराट कोहली आफ्नो उत्कृष्ट ब्याटिङका कारण संसारमै चर्चित छन् । उनको ब्याटिङ रोक्न विपक्षी बलरहरूलाई निकै कठिन हुने गरेको छ । तर, उनै विराटले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्च बेङ्गलोर (आरसीबी)लाई एउटै उपाधि दिलाउन सकेका छैनन् ।...


रियल मड्रिड र पीएसजीको क्वार्टरफाइनल भिडन्त

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति २ महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ । स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने २...


'ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भए'

नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू...


युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग सक्रिय रूपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरूले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्याएका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति...


नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु, निर्वाचनदेखि एमसीसीसम्म छलफल

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा...


नेस्डो लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाखकाे हात खाली हुने

नेस्डोसमृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँटहुँदै छ । नेस्डो लघुवित्तमा २६हजार लाखभन्दा बढीले आवेदन दिएका छन्,जसमा ७७ हजारले मात्र शेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेस्डोसमृद्ध लघुवित्त संस्थाको शेयर बाँडफाँटग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दै छ ।...


कांग्रेसले थाल्यो निर्वाचन लक्षित अभियानको तयारी

नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ । अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । मंगलबार...


'रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायो'

रुसले युक्रेनमा सर्वसाधारणहरूलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् । युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए । आइतबार मात्र...


महिला लिग: एपीएफ र आर्मी भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमाहुनेछ । लिगको...


प्रीतिले ल्याइन् 'केको शान'

गायिका प्रीति कौरको नयाँ गीत के को शान श्रोता तथा दर्शक माझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ ।...


मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीले२६ फेब्रुअरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी...


अब यसरी अघि बढ्छ प्रधानन्यायाधीशविरुद्धको महाअभियोग

प्रतिनिधिसभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा ३ बमोजिम महाअभियोग सिफारिस समिति गठन गरिएको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले यही १ फागुनमाप्रधानन्यायाधीशविरुद्ध...


रियल मड्रिडको सिजनको १९औं जीत

स्पेनिस लिग लिडर रियल मड्रिडले शनिबार राति रियल सोसिडाडविरुद्ध४-१ अन्तरको पुनरागमन जीत निकाल्दा शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा १०औँ मिनेटमै १-० अन्तरले पछि परेको रियलले पुनरागमन जीतसहित सिजनको १९औं जीत निकालेको...


युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी शहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो शहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित...


३ भदौमा ‘प्रेमगंज’

फिल्म प्रेमगंजको प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म ३ भदौ २०७९ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा...


महाअभियाेग प्रस्तावमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् । आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन...


'ताइवानमा विदेशी हस्तक्षेप र पृथक्‌तावादी गतिविधि अमान्य'

चीनले ताइवानसँग पुनर्मिलनको योजना दोहोर्याउँदै चीनमा कुनै पनि पृथक्तावादी गतिविधि वा विदेशी हस्तक्षेपको दृढतापूर्वक विरोध गरेको छ । सन् १९४९ को गृहयुद्धपछि ताइवान चीनबाट अलग भएको थियो । तर, चीनले ताइवानलाई आफ्नै मूल भूमि सम्झन्छ । चीनको संसद्को वार्षिक बैठकलाई...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै