Khabarpato logo

         

सं‌सार

मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

एजेन्सी

एजेन्सी

मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । 

युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीले २६ फेब्रुअरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । 

युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्धार गर्ने प्रयास गरिरहेका बेला सोमबार २ नेताबीच वार्ता हुन लागेको हो । 
युक्रेनी शहर सुमीमा रहेको मेडिकल कलेजको होस्टेलमा फसेका विद्यार्थीहरूलाई हिजो भारतीय दूतावासले ‘छोटो सूचनामा छाड्न’ भनेको थियो । विद्यार्थीहरूलाई सुरक्षित ढंगले उद्धारको संयोजन गर्न पोल्ताभामा अधिकारीहरूको समूह तैनाथ गरिएको छ । 

युद्धग्रस्त क्षेत्रबाट विद्यार्थीहरूको उद्धार अधिकारीहरूका लागि चुनौतीपूर्ण मानिएको छ । चिसोका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । केही विद्यार्थीले जोखिम मोलेर रुसी सीमामा पुग्ने निर्णय गरेको भिडियो शेयर गरेका छन् । तर, सरकारले उनीहरूलाई अनावश्यक जोखिम नमोल्न सुझाएको छ ।

आफ्ना ७०० विद्यार्थीलाई युद्ध प्रभावित क्षेत्रबाट खाली गर्नका लागि उत्तरपूर्वी युक्रेनी शहरमा युद्धबिराम गर्न भारतले युक्रेन र रुसलाई अनुरोध गरेको छ । फेब्रुअरीको अन्त्यतिर रुसी सेनले युक्रेनमा अतिक्रमण गरेपछि उनीहरू त्यहाँ फसेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…