Khabarpato logo

         

समाचार

२२१ समाचार


आज एमसीसी संसदमा टेबल हुँदै

निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो । प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।


एमसीसी टेबल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबलगर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधानविपरीत गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको समेत आरोप लगाए । एमसीसी अनुमोदन...


'माग पूरा नभएसम्म संसद् अवरोध कायमै राख्छाैँ'

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो । संसदमा गर्दै आएको अवरोधलाई माग पूरा...


एमसीसी टेबल गर्ने गठबन्धनको सैद्धान्तिक सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमाटेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ । झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन गर्ने कि नगर्ने भन्ने कुनै टुंगो लागेको...


'युक्रेनको सीमाबाट रुसी सेना फिर्ता भएनन्'

युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रुसी सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरूले संयुक्त अनुरोध गरेका हुन् ।...


प्रधानमन्त्री एमसीसी संसद्‌मा टेबल गर्ने अडानमा, प्रचण्ड असन्तुष्ट

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति बन्ने अवस्था न्यून बन्दै गएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...


'एमसीसीबारे अन्तिम निर्णय गर्ने अधिकार संसद्लाई दिऔँ'

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे टुंगो लगाउने जिम्मा जनप्रतिनिधिको संस्था संसदलाई दिन आह्वान गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने सरकारको तयारी सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को आग्रहमा रोकिएको थियो ।...


‘लाइफ इन एलए’ ९ वैशाखमा

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म लाइफ इन एलए २०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा व्यास विष्णु, आकेशा विष्ट, शिल्पा...


मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुने बताइएको छ ।


शहीद स्मारक 'ए' डिभिजन लिग: मनाङको लक्ष्य शीर्ष २, आज एकै समयमा २ खेल हुँदै

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलअन्तर्गत एघारौँ चरणको अन्तिम दिनआज (बिहीबार) २ खेलहरू हुँदै छन् । दुवै खेलदिउँसाे १ बजे दशरथ रंगशाला र एन्फा कम्प्लेक्समाहुनेछन् । त्रिपुरेश्वरस्थित रंगशालामा हुने खेलमा एपीएफ क्लबलेमनाङ-मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङ एपीएफलाई हराउँदै दोस्रो...


ताेलामा १ हजार रुपैयाँले बढ्याे सुनको मूल्य

सुनको भाउ बिहीबारप्रतितोलामा १ हजाररुपैयाँको दरले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी...


'जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो'

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिईकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरीकन सम्झौता भएको बताए ।एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका...


'कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन गर्ने निर्णय गर्‍यो'

नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनबिना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने...


'६ फागुनमा एमसीसी प्रस्ताव टेबुल हुन्छ'

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने उनले बताए । संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै...


को हुन् भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलको निवासमा पस्न खोज्ने ?

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको आवासमा एक अज्ञात व्यक्ति जबर्जस्ती पस्ने प्रयास गरेका छन् । एउटा कारमा आएका एक अपिरिचित व्यक्ति डोभलको निवासमा जबर्जस्ती पस्न खोजेका हुन् । जवबर्जस्ती निवासमा जाने क्रममा उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।...


एमालेले माग सम्बोधन नगरी संसद् बैठक चल्न नदिने

नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफ्ना माग सम्बोधन नगरेसम्म संसद् चल्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् । एमालेले आफूले कारबाही गरेका...


४२ वटा विधेयक पारित गर्न बाँकी, संसद् अवरोध अन्त्य गर्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । बैठक प्रारम्भ भएलगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य संचालनका ४२ वटा विधेयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए...


साहित्यकार तारानाथ शर्मा रहेनन्

प्रख्यात साहित्यकार, लेखक तथा झर्रोवादी आन्दोलनका अगुवा तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ । इलामको बरबोटेमा ९ असार १९९१ मा जन्मेका शर्माको ८७ वर्षको उमेरमा मृत्यु भएको हो । शर्मा लामो सययदेखि डिमेन्सिया रोगबाट ग्रस्त थिए । उनीे...


'दलहरूले अब दुई तिहाइ पुर्‍याऊन्'

संसद् सचिवालयमामहाभियाेग प्रस्ताव दर्तासँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन भनेका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्तावदर्ता गरेसँगै गाडीकाे झन्डाहटाएर निवास फर्किएका उनलेनिकटस्थसँग कुरा गर्दै भने, 'दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई...


नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा

नेपालकै जेठो साहित्यिक संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समितिका संयोजक डा. रत्नमणि नेपालको अध्यक्षतामा आइतबार बसेको बैठकले आगामी १८-१९ चैतमा सम्पन्न हुने नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । यसका अलावा...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै