Khabarpato logo

         

खेलकुद

रियल मड्रिड र पीएसजीको क्वार्टरफाइनल भिडन्त

एजेन्सी

एजेन्सी

रियल मड्रिड र पीएसजीको क्वार्टरफाइनल भिडन्त

यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति २ महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ । 

स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । यसअघि १६ फेब्रुअरीमा भएको पहिलो लेगमा फ्रेन्च लिग लिडर पीएसजीले घरेलु मैदानमा १-० को अग्रता बनाएको थियो । 

स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी चुकाएको खेलको अन्तिम समयमा केलियन एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

क्वार्टरफाइनल प्रवेशका लागि पीएसजीलाई बराबरी काफी छ भने रियललाई कम्तिमा २-० को जीत हात पार्नुपर्नेछ । यदि खेल बराबरीमा समाप्त भए पीएसजी अन्तिम ८ मा स्थान बनाउनेछ ।

यसैले घरेलु मैदानमा रियल पूर्ण रूपमा दबाबमा हुनेछ । पीएसजीविरुद्ध रियलका कासेमिरो र टोली क्रुस दुवै उपलब्ध हुनेछैनन् । कासेमेरो निलम्बनमा परेका छन् भने क्रुस ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका छन् । इडुआर्डाे कामाभिङ्गा र फेडेरिको भाल्भर्डे भने उपलब्ध हुनेछन् । 

कार्लाे एन्सेलोटीको टिममा करिम बेन्जेमा, भिनिसिअस जुनियर, मार्काे एसेन्सियो, लुका मोड्रिकलगायत खेलाडी उपलब्ध हुनेछन् । 

यता, माउरिसियो पोचेटिन्होको टोलीमा चोटका बाबजुद पनि केलियन एम्बाप्पे मैदान उत्रँदै छन् । अभ्यास क्रममा खुट्टाको चोट बोकेका एम्बाप्पे खेल्दा रियलका पूर्वकप्तान सर्जियो रामोस भने उपलब्ध हुनेछैनन् । पहिलो लिगमा समेत रियलविरुद्ध खेल्न नपाएका रामोस् दोस्रो लेगमा समेत टिमबाहिर छन् । 

रियलविरुद्ध पीएसजीको अग्रपंक्ति नेयमार, लियोनल मेस्सी र एम्बाप्पेले नै सम्हाल्ने सम्भावना उच्च छ । यस्तै, उनीहरूलाई मार्काे भेराट्टी, इड्रिसा गुयेले सहायता गर्नेछन् । 

आज राति एकै समयमा हुने अर्काे खेलमा म्यानचेष्टर सिटी र स्पोर्टिङ सीपीबीच प्रतिस्पर्धा हुनेछ । इंग्लिस प्रिमियर लिग लिडर सिटीले पोर्चुगिज क्लबविरुद्ध पहिलो लेगमै ५-० को अग्रता बनाएको छ । दोस्रो लेगमा समेत सिटी घरेलु मैदानमा सहज जीतको खोजीमा हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …