Khabarpato logo

         

सं‌सार

'रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायो'

एजेन्सी

एजेन्सी

'रुसी सेनाले अस्पताल र विद्यालयलाई निशाना बनायो'

रुसले युक्रेनमा सर्वसाधारणहरूलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् । 

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए ।
आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिवारका ४ जना मारिएका थिए । उनीहरू युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए । 

त्यस्तै, मारिओपोल शहरमा सामूहिक उद्धार कार्य स्थगित भएको छ । मारिओपोल शहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ । त्यहाँ ऊर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ ।

रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ । तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरूमाथि हमला भइरहेका बताएको छ । रुसी सेनाले घना बस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ । 

आइतबार राष्ट्रसंघका अनुगमनकर्ताहरूका अनुसार रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रसंघीय मानवअधिकार आयोग यूएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छाडेका छन् । 

तर, रुसले सर्वसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ । आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रवादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…