Khabarpato logo

         

समाचार

२२१ समाचार


राप्रपा नेपालले साना दललाई एकताको आह्वान गर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफूसँग एजेण्डा मिल्ने सबै दलहरूसँग एकताको आह्वान गरेको छ । पार्टी सचिवालयको २९ मंसिरको निर्णयअनुसार यस कामका लागि विभिन्न पार्टीहरूसँग वार्ता र छलफल गर्न पार्टीका उपाध्यक्ष रामदास गोपालीलाई संयोजक तोकिएको छ । संयोजक गोपालीले राप्रपा नेपालसँग...


कां‍ग्रेस महाधिवेशन: महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगनले २ हजार ८०० भन्दा बढी मत प्राप्त...


१६९५ मत गन्दा गगनलाई ११५५, विश्वप्रकाशलाई ७४१

नेपाली कांग्रेसको २महामन्त्रीका लागि भएको निर्वाचनको मत गणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार एक हजार ६९५ मत गन्दा थापाले एक हजार १५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन् ।...


कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता, विश्वप्रकाश शर्माले पछ्याउँदै

नेपाली कांग्रेसको २ महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मत गणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् । यसैगरी डा.प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले...


श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपाल शीर्ष स्थानमा

श्रीलंकाविरुद्ध आधा दर्जन गोल गर्दै नेपालले यू- १९ महिला साफ च्याम्पियनसिपमा पहिलो जीत निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६-० अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो...


राखेप सदस्य सचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णयकार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । नेकपा एमाले नेतृत्वकाेसरकारले खुलाप्रतिस्पर्धाबाट सदस्य सचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।...


यौन दुर्व्यवहारकाे आरोप लगाउँदै टेस्ला कम्पनीका ६ कर्मचारीले दिए उजुरी

विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरूले आफूहरूमाथि यौन दुर्व्यवहारभएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । सानफ्रान्सिस्कोको...


३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घटे पनि कर्जा लगानीमा भने आक्रामक देखिएका छन् । बैंकहरूको निक्षेप संकलन र कर्जा लगानीबीच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ कात्तिकमा बैंकहरूको निक्षेप ३० अर्बरुपैयाँले घटेको छ...


'भावी पुस्ताले भरोसा गर्ने कांग्रेस बनाउन भोट हाल्नुहोस्'

नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन् । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले समुन्नत नेपाल :सम्मानित नेपाली बनाउने संकल्प पूरा गर्न...


कांग्रेसको महाधिवेशन स्थल निर्माण अन्तिम चरणमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४ हजार ६००प्रतिनिधि सहभागी हुुँदै छन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिँगारिँदै छ । महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ । बुधबारदेखि नै...


'संसद चल्न दिँदैनौँ, प्रधानन्यायाधीश हटाउने खेलमा लाग्दैनौँ'

नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए...


शेयर बजार ५.८४ अंकले घट्यो

साताको पाँचौँकारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ ।नेप्से परिसूचक ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ वटा कम्पनीको६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ६७...


महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिक प्रतिवेदन पारित, पौडेल, कोइराला, सिंहले गरे बैठक बहिस्कार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखिसुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । वरिष्ठ नेता...


सिटौला खेमा रणनीति बनाउन बैठकमा

पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला खेमाको बैठक गौशालामा बसिरहेको...


महामन्त्रीका दाबेदार साउदले पनि खोले सम्पर्क कार्यालय

नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् । वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् । कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि,...


'प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरू दल तयार भए एमाले बाधक बन्दैन'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए । 'हरेक माइन्युट...


ओलीसँग प्रधानन्यायाधीश हटाउन अनुरोध गर्दै बारका पदाधिकारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओलीलाई भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरूरामशाहपथस्थित...


कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित १३४ जना निर्वाचनबाट चुनिँदै

नेपाली कांग्रेसको १४औँमहाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदै छ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो । कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस...


सूर्य नेपाल गल्फ भोलिदेखि

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ प्रतियोगिता भोलि (सोमबार)देखिसुरुहुने भएको छ । आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारदेखिसुरुभईबिहीबार समापन हुने जनाएको छ । प्रतियोगितामा ३४ प्रोफेसनल र १२ एम्याचर गरी४६ गल्फर सहभागी हुने एसाेसिएसनका अध्यक्ष दीपक आचार्यले...


कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजाप्रकाशनगरिएको हो । सार्वजनिक नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ए प्लस, ४८ हजार २३९ परीक्षार्थीले ए, ७० हजार एक जना परीक्षार्थीले बी प्लस, ९९...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै