Khabarpato logo

         

राजनीति

कांग्रेसको महाधिवेशन स्थल निर्माण अन्तिम चरणमा

खबरदाता

खबरदाता

कांग्रेसको महाधिवेशन स्थल निर्माण अन्तिम चरणमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । 

शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४ हजार ६०० प्रतिनिधि सहभागी हुुँदै छन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिँगारिँदै छ ।

महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ । बुधबारदेखि नै आर्ट्सका ३५ जना कामदार महाधिवेशन सिंगार्न खटिरहेका छन् ।

अहिले महाधिवेशनस्थलमा स्टेज धमाधम बनिरहेका छन् । साउन्ड सिस्टम, विद्युत्‌को व्यवस्थापन भइरहेको छ ।

‘हामीले सिँगार्न थालेको, स्टेज बनाउन थालेको ३ दिन भयो । दिनको २०-२२ घन्टासम्म ३५ जना कामदारले काम गरिरहेका छन्’, रोशन आर्टस् सर्भिसका प्रोपाइटर रोशन जैसवालले भने । 

जैसावालका अनुसार सुरुमा स्टेज निर्माण तथा सजावटका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, आयोजकको डिमान्ड सम्झौताभन्दा बढी हुन थालेपछि अहिले खर्च बढ्ने भएको छ ।

जैसवाल भन्छन्, ‘सुरुमा ३५ लाखमा सम्झौता भएको हो । तर, अहिले ५० लाखभन्दा बढी खर्च लाग्छ जस्तो छ ।’

निर्माणको जिम्मा लिएको कम्पनीले भोलि बिहानसम्म कार्यक्रम स्थल निर्माण गरिसक्ने उनले बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…