Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


स्वास्थ्य मन्त्रालयले बुधबारसम्म खोपको विवरण उपलब्ध गराउन दियो निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोभिड- १९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समय सीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको...


बेइजिङ ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ, ७ दिन आइसोलेसनमा

बेइजिङ विन्टर ओलम्पिक, २०२२ को चौथो दिन थप ३० जना खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० जना खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी ७ दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ...


कमल थापाले छाडे राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिए । अभिषेकका अनुसार आज गृहनगर हेटौँडामा...


आईपीओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको...


रहेनन् ‘महाभारत’का भीम

लोकप्रिय धार्मिक धारावाहिक महाभारत'का भीम अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सोबती स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि, उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथ्लेटिक्सका खेलाडी थिए । प्रवीण...


राजनीतिक दलका पाइला निर्वाचनतर्फ

सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् । सत्ता नेतृत्व...


युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

रसियाले आगामी साताहरूमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वासिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ...


कमल थापाले गरे छुट्टै भेला, महामन्त्रीसहित वरिष्ठ नेता सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा...


अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो । अर्जेन्टिनाको जीतमा १८औँमिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक...


कतारमा रहेका नेपालीलाई दूतावासबाटै ई-पासपोर्ट

कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) सफलतापूर्वक छापिएको छ । आइतबार यसको सफल परीक्षण गरिएको हो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई-पासपोर्ट भएको राहदानी विभागले जनाएको छ । सफल परीक्षण भएसँगै...


कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत

नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुखयसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा कांग्रेस...


सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको ५दिनअघि रिपोर्ट...


नेपाली लेखक संघ जुट्यो सातौँ राष्ट्रिय अधिवेशनमा, १८-१९ चैतलाई तोकियो

लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा....


'बेइजिङ ओलम्पिक ठूलो विजय’

उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ठूलो विजय भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाई दिएका छन् । विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,...


बेइजिङ ओलम्पिक आजदेखि, अमेरिका, बेलायत, भारतले गरे बहिष्कार

एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रूपमा सुरु हुँदै छ । कोरोना भाइरसकाेओमिक्रोन भेरिएन्ट महामारीको तेस्रो लहरसँगैउच्च सुरक्षा सतर्कतासाथ प्रतियोगिताको केही खेलहरूबुधबारदेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबार हुन लागेको हो । ९१ वटा...


आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रिसबीच कूटनीतिक विवाद

ग्रिसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठ्याङ्ग्रिएर भएको १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रिसबीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चिसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रिस र...


गृहमन्त्री खाणले प्रजिअहरूसँग लिए शान्ति सुरक्षाबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एक जना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिडऔ १९, शान्ति सुरक्षा, कर्मचारीको स्थितिलगायतबारे जानकारी लिएका छन् । टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल...


'अध्ययन निष्कर्षका आधारमा मन्त्रालय थप्ने निर्णय भएको हो': आर्थिक मामिलामन्त्री आङ्बो

पाँचवटा मन्त्रालय थपेर १२ वटा पुर्याएपछि प्रदेश १ सरकार आलोचित छ । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलमा मन्त्री बन्ने आकांक्षीहरू बढी हुँदा हालै पाँचवटा मन्त्रालय थपिएको थियो । मन्त्रालय थप्ने निर्णय प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको छ । प्रदेशका आर्थिक मामिला...


भारतमा संक्रमित दर घट्दो, मृत्यु दर बढ्दो

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । त्यस्तै,...


‘मिस इको इन्टरनेसनल’मा सोफिया

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिस इको इन्टरनेसनल, २०२२मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । उनलाई मिस इको इन्टरनेसनल नेपालको ताजसहित प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै