Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


तोलामा ६०० रुपैयाँले घट्यो सुन

सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो ।...


एमसीसीविरोधी ७ सांसदलाई कारबाहीबारे माओवादीले छलफल गर्ने

नेकपा (माओवादी केन्द्र)ले एमसीसी अनुमोदन गर्ने विषयमा दिएको निर्देशन उल्लंघन गर्ने ७सांसदबारे छलफल हुने भएको छ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौैता प्रतिनिधिसभाबाट अनुमोदन गराउने विषयमा पार्टीले पक्षमा मतदान गर्न दिएको ह्विप उल्लंघन गरेका आफ्ना ७ जनासांसदबारे माओवादीले...


युक्रेन तनाव: १४ बालबालिकासहित ३५२ को मृत्यु

युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।रुसी तोपले युक्रेनको दोस्रो ठूलो शहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किभमा रुसी सेनाको गोलाबारीमा परेर कम्तीमा ११ सर्वसाधारणको मृत्यु भएको...


सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ सोमबार प्रतितोलामा १ हजार ६०० रुपैयाँको दरले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको...


‘व्याख्यात्मक घोषणा’ र ‘एकीकृत स्पष्टीकरणको जबाफ’ मा के छ भिन्नता ?

सुरेन्द्र पौडेल प्रतिनिधिसभाले आइतबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन गर्यो । यससँगै ५० करोड अमेरिकी डलर (करिव ६० अर्ब रुपैयाँ)को अमेरिकी विकास सहायता कार्यन्वयनतर्फ अघि बढेको छ । नेपाल र एमसीसीबीच...


गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्याएकाेयुक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् । पाँचौँ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन्...


नेपाल विद्युत् प्राधिकरणलाई ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी इक्रा एनपी डबल ए प्लस स्तरको रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो...


अभिनेता पल शाहले गरे आत्मसमर्पण

नाबालिग बलात्कार आराेपीअभिनेता पल शाहले प्रहरी समक्षआत्मसमर्पण गरेका छन् । ४ दिनअघिबलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमाजाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमाथिए । यसैबीच जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनलेआत्मसमर्पण गरेका हुन् ।तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह...


महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

ललितपुर मेयर महिला टी- २० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टीयु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १२९...


'रुसी योजना तोड्यौँ, सरकार डगमगाएको छैन'

युक्रेनको राजधानी शहर किभलाई रुसी सेनाले चारैतिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी शहर उडिसार उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।...


व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टि

नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टिबढेको छ । माओवादीकाकेही नेताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टिजनाउँदै गम्भीर असहमति प्रकट गरेका छन् । ५दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन...


किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव

किभरुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् । रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु...


संसद् बैठक आइतबारलाई सर्‍यो

प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक आइतबार बस्ने गरी सारिएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । 'कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक...


'एमसीसी पास गर्न एमालेसँग सहमति भइसक्यो, सम्भवतः आजै पास हुन्छ'

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् । सोही कारण आज बस्ने प्रतिनिधिसभा बैठकअघि नेकपा (माओवादी केन्द्र)ले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।...


‘म यस्तो गीत गाउँछु २’ आजदेखि प्रदर्शनमा

कोरोना भाइरसको तेस्रो लहरपछि पहिलो पटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दै छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको म यस्तो गीत गाउँछु २ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो । चलचित्रमा पल शाह र पूजा...


माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि विभिन्न दलले विरोधकाकार्यक्रमहरूराखेका...


ध्रुवनारायणले ल्याए ‘तृष्णामा अल्झिएको जीवन’ र ‘जीवन एक : यात्रा अनेक’

कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेंको तृष्णामा अल्झिएको जीवन लेखसङ्ग्रह र जीवन एक : यात्रा अनेक कवितासङ्ग्रहविमोचन गरिएको छ । ती कृतिहरू संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विमोचन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले दुवै पुस्तक पठनीय रहेको...


आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले...


एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा...


एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाणलाई भने: 'पहिला हामीलाई न्याय दिनुहोस्'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाणलाई ओलीले सो सन्देश दिएका हुन् । गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै