Khabarpato logo

कला/साहित्य

नेपाली लेखक संघ जुट्यो सातौँ राष्ट्रिय अधिवेशनमा, १८-१९ चैतलाई तोकियो

खबरदाता

खबरदाता

नेपाली लेखक संघ जुट्यो सातौँ राष्ट्रिय अधिवेशनमा, १८-१९ चैतलाई तोकियो

लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको केन्द्रीय समिति, सचिवालयको गत साता बसेको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी १८-१९ चैत २०७८ मा सम्पन्न गर्ने निर्णय गरेको छ ।

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लगि महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य-सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।

अधिकांश प्रतिनिधिहरूलाई पायक पर्ने गरी यथाशीघ्र नै अधिवेशनस्थलको टुंगो लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा. नेपालले बताए ।

नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि संघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र 'लेखक' प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको छ  ।

सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो ।

संघ स्थापना गर्नका लागि नेपाली राजनीति र साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठलगायतका व्यक्तित्वसमेतको आबद्धता तथा महत्त्वपूर्ण भूमिका रहेको संघका अध्यक्ष एवं साहित्यकार श्रवण मुकारुङले बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि