Khabarpato logo

         

राजनीति

गृहमन्त्री खाणले प्रजिअहरूसँग लिए शान्ति सुरक्षाबारे जानकारी

खबरदाता

खबरदाता

गृहमन्त्री खाणले प्रजिअहरूसँग लिए शान्ति सुरक्षाबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एक जना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिडऔ १९, शान्ति सुरक्षा, कर्मचारीको स्थितिलगायतबारे जानकारी लिएका छन् । 

टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटुवाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासीपश्चिम), ऋषिराम तिवारी (रूपन्देही), चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हीरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कंचनपुर) र नवलपरासीपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग जानकारी लिएका हुन् । 

सहायक प्रजिअ बरालले गृहमन्त्री खाणले गरेको फोन कुराकानीले काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुने बताए । 

‘गृहमन्त्रीज्यूले जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभयो’, सहायक प्रजिअ बरालले भने, ‘मन्त्रीज्यूले टेलिफोन गरेर यसरी जानकारी लिँदा काम गर्दा सतर्कता अपनाउन र राम्रो काम गर्न प्रेरणा हुन्छ ।’

कंचनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सतर्क रहन सिकाएको बताए । 

‘सामान्यतया आन्तरिक विषयबस्तुमा महत्वपूर्ण घटना नभई अन्य गृहमन्त्रीज्यूहरूले टेलिफोन गरेको जानकारी थिएन । अहिले मन्त्रीज्यूले टेलिफोन गर्दा काम गर्न जोस, जागर र सर्तक रहन सिकाएको छ ।’

गृहमन्त्री खाणले प्रजिअहरूसँग जिल्लामा संक्रमणको स्थिति, नियन्त्रणका लागि चालिएको कदमसँगै शान्ति सुरक्षाबारे जानकारी लिँदै आएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…