Khabarpato logo

         

राजनीति

राजनीतिक दलका पाइला निर्वाचनतर्फ

खबरदाता

खबरदाता

राजनीतिक दलका पाइला निर्वाचनतर्फ

सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।   

सत्ता नेतृत्व दल कांग्रेसले आगामी २७ माघमा बोलाएको कार्यसम्पादन समिति बैठकमा निर्वाचनको तयारीबारे छलफल गर्ने भएको छ । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकपछि कांग्रेस निर्वाचनको तयारीमा जुट्नेछ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो दल भएको थियो । 

सत्तामै रहेको अर्को दल नेकपा (माओवादी केन्द्र)ले पनि २८ र २९ माघमा बोलाएको बैठकबाट केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएर निर्वाचन केन्द्रित तयारीमा खटाउने भएको छ । 

नेता गणेश साहले निर्वाचन तयारी बैठकको एजेन्डा रहेको बताए । ‘सरकारले मिति घोषणा गरेको सन्दर्भमा बस्न लागेको केन्द्रीय समिति बैठकमा हामीले छलफल गर्ने भनेकै स्थानीय तह निर्वाचनको तयारीबारे हो । केन्द्रीय सदस्यहरूलाई निर्वाचनमा जिम्मेवारी दिएर खटाउनेसम्म हुन्छ’, नेता साहले भने ।

प्रमुख विपक्षी दल एमालेका उपाध्यक्ष सुवास नेम्बाङ त जिल्ला अधिवेशन र महाधिवेशनकै बेलादेखि अनौपचारिक ढंगले स्थानीय तह निर्वाचनको तयारी गरेको बताउँछन् । २०७४ सालमा जसरी पहिलो दल हुने गरी एमाले तयारीमा जुटेको बताए । 

एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि निर्वाचनको तयारीमा जुट्दै छन् । 

राप्रपा भने महामन्त्री भुवन पाठकको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ ।

सरकारले सोमबार ३० वैशाख २०७९ का लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेको हो । मिति घोषणा गर्न सरकारलाई निर्वाचन आयोग, विपक्षी दलहरू र कानुन व्यवसायीहरूले पनि दबाब दिएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…