Khabarpato logo

कला/साहित्य

‘म यस्तो गीत गाउँछु २’ आजदेखि प्रदर्शनमा

खबरदाता

खबरदाता

‘म यस्तो गीत गाउँछु २’ आजदेखि प्रदर्शनमा

कोरोना भाइरसको तेस्रो लहरपछि पहिलो पटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दै छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो ।

चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’ चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मनपराएका थिए ।

तर, यस पटक भने माहोल अलिक फरक देखिएको छ । चलचित्रका अभिनेता पल शाहविरुद्ध एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ । सोही कारण पल शाहको जुन लोकप्रियता छ, त्यसमा यो काण्डले असर गर्ने र चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ । यो कुरालाई निर्माता एवं अभिनेत्री पूजा शर्माले पनि स्वीकारेकी छन् । उनले आफ्नो टिमप्रति कालो छाया परेको र कसैको आँखा लागेको टिप्पणी गरेकी छन् ।

नेपाली चलचित्रकर्मीहरूले भने जे जस्तो भए पनि यो महामारीका बीचमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले चलचित्र रिलिज गरेर ठूलो जोखिम मोलेको भन्दै दर्शकले नेपाली चलचित्रलाई माया गरिदिनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली दर्शकले धेरै समयदेखि फ्रेस नेपाली चलचित्र हेर्न नपाइरहेको अवस्थामा ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै साथ पाउने अपेक्षा गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि