Khabarpato logo

         

सं‌सार

युक्रेन तनाव: १४ बालबालिकासहित ३५२ को मृत्यु

एजेन्सी

एजेन्सी

युक्रेन तनाव: १४ बालबालिकासहित ३५२ को मृत्यु

युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ । रुसी तोपले युक्रेनको दोस्रो ठूलो शहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किभमा रुसी सेनाको गोलाबारीमा परेर कम्तीमा ११ सर्वसाधारणको मृत्यु भएको छ । 

रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छाडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् । 

के भन्छन्  पुटिन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तटस्थ, डिनाजिफाइड (नाजी सोचबाट मुक्त) र निशस्त्र भए मात्र युक्रेन समस्या समाधान सम्भव हुने बताएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँगकाे टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले  रुसले सन् २०१४ मा बिलय गराएको क्रिमियालाई औपचारिक रूपमा मान्यता दिनुपर्ने माग गरेका छन् ।

यसैबीच युक्रेन र रुसी वार्ताकार थप छलफलका लागि आआफ्ना देशका राजधानी शहरमा फर्किएका छन् । पुनः वार्ताका लागि उनीहरू सम्बन्धित सरकारसँग छलफलमा जुटिरहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…