Khabarpato logo

         

खेलकुद

पहिलो पटक फुटबलमा फ्रेन्चाइज अक्सन आज

खबरदाता

खबरदाता

पहिलो पटक फुटबलमा फ्रेन्चाइज अक्सन आज

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले वैशाखमा आयोजना गर्न लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि आज बिहान ११ बजेदेखि खेलाडी लिलामी अर्थात् अक्सन हुँदै छ ।

नेपालमै पहिलोपल्ट शहरको नामबाट फ्रेन्चाइज टिम निर्माण गरी प्रतियोगिता आयोजना हुन लागेको हो । चौधरी ग्रुपको यस प्रतियोगिताका लागि ७ वटा शहरका नामबाट टोली निर्माण भइसकेका छन् ।

काठमाडौं रेजर्स, ललितपुर एफसी, पोखरा थन्डर्स, चितवन सिटी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर सिटी एफसी र धनगढी एफसी गरी ७ टोलीले आजको अक्सनमा विभिन्न समूहको वर्गीकरणमा परेका १५८ जना खेलाडीका लागि बोली लगाउनेछन् ।

अक्सनमा ए, बी र सी गरी खेलाडीहरूलाई ३ समूहमा वर्गीकरण गरिएको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई ए श्रेणीमा राखिएको छ । ए डिभिजन लिग खेलेका बी श्रेणी र अन्य खेलाडीहरू सी श्रेणीमा रहनेछन्, जसमा ३५ जना ए श्रेणीमा, ६५ जना बी श्रेणीमा र बाँकी सी श्रेणीमा छन् ।

एउटा क्लबले अक्सनमा घटिमा १० लाखदेखि बढीमा १५ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । एउटा क्लबले ए श्रेणीका बढीमा ३ जना खेलाडी किन्न पाउनेछन् । बी र सीका गरी ११ खेलाडी किन्न पाउनेछन् ।

एउटा फ्रेन्चाइज टोलीमा २० खेलाडी रहनेछन् । अक्सनबाट आएका १४, मार्की खेलाडी १, विदेशी खेलाडी ३ जना र स्थानीय खेलाडी २ जना रहनेछन् ।

सबै क्लबहरूले मार्की खेलाडी र प्रशिक्षकको टुंगो लगाइसकेका छन्, जसअनुसार काठमाडौंको मार्की खेलाडीमा गोलरक्षक विकेश कुथु, ललितपुरमा स्ट्राइकर अन्जन विष्ट, पोखरामा स्ट्राइकर नवयुग श्रेष्ठ, चितवनमा स्ट्राइकर भरत खवास, बुटवलमा गोलरक्षक विशाल श्रेष्ठ, विराटनगरमा डिफेण्डर रन्जित धिमाल र धनगढीमा मिडफिल्डर विशाल राई छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …