Khabarpato logo

         

खेलकुद

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एजेन्सी

एजेन्सी

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।

प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डमा हालान्डले पुरुषतर्फ अवार्ड जितेका हुन् ।

युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि सबै प्रतियोगितामा गरी ५२ गोल गरेका थिए ।

हालान्डले सिटीकै केभिन डे ब्रुएना र जोन स्टोन्ससहित आर्सनलका साका र मार्टिन ओडेगार्ड अनी हाल बायर्न म्युनिखका आबद्ध भइसकेका टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पारेका हुन् ।

यो प्रतिष्ठित पुरस्कार जित्न पाउनु सम्मानको कुरा हो भएको र आफ्नै प्रतिस्पर्धीबाट चुनिनु निकै राम्रो महसुस भएको उनले बताए ।

हालान्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए ।

हालान्ड वर्ष युवा खेलाडीमा समेत मनोनीत भएका थिए । तर, यस विधामा भने आर्सनलका साकाले बाजी मारे । उनले गत सिजन  आर्सनलका लागि १४ गोल गर्नुका साथै ११ असिस्ट गरेका थिए ।

ताजा

सबै

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा…

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

लोकप्रिय

सबै

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …