Khabarpato logo

         

खेलकुद

मोरक्कोको ऐतिहासिक जित

एजेन्सी

एजेन्सी

मोरक्कोको ऐतिहासिक जित

अस्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको महिला विश्वकप फुटबलमा मोरक्कोले ऐतिहासिक जित हात पारेको छ ।

समूह 'एच'अन्तर्गत आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० ले पराजित गरेको हो ।

फिफा वरीयतामा १७औं स्थानमा रहेको दक्षिण कोरियालाई ७२औँ स्थानमा रहेको मोरक्कोले स्तब्ध पार्दै विश्वकपमा पहिलो जित निकालेको हो ।

अस्ट्रेलियाको हिन्दमरास स्टेडियममा भएको खेलमा मोरक्कोका लागि इब्तिसाम जराइदीले खेलको छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

जितपछि समूह 'एच'मा मोरक्को ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा मवरक्को जर्मनीसँग ६-० ले पराजित भएको थियो ।

जर्मनी र कोलम्बियाको एक खेलबाट समान ३ अंक नै छ । दक्षिण कोरियाले भने लगातार दोस्रो हार बेहोरेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …