Khabarpato logo

         

खेलकुद

फिफा महिला विश्वकपमा अर्जेन्टिनाले टार्‍यो हार

एजेन्सी

एजेन्सी

फिफा महिला विश्वकपमा अर्जेन्टिनाले टार्‍यो हार

न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकपमा अर्जेन्टिनाले सम्भावित हार टार्दै अन्तिम १६ मा पुग्ने संभावना कायमै राखेको छ । 

शुक्रबार न्युजिल्यान्डमा भएको समूह ‘जी’को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग २-० गोलले पछि पारेको स्थिति उल्टाउँदै २-२ गोलको बराबरी खेलेको हो । 

दक्षिण अफ्रिकाका लागि लिन्डाले ३०औँ मिनेटमा पहिलो गोल गर्दा ६६ मिनेटमा थेम्बीले अग्रता दोब्बर पारिन् ।

तर, अर्जेन्टिनाले ५ मिनेटको अन्तरमा २ गोल गर्न सक्यो । ७४ मिनेटमा अर्जेन्टिनाका लागि सोफिया ब्रनले पहिलो गोल गर्दा रोमिना नुनेजले ७९ मिनेटमा बराबरी गोल गरिन् । 

यससँगै दक्षिण अफ्रिकाले भने महिला विश्वकपको इतिहासमा पहिलो जित निकाल्ने अवसर भने गुमाएको छ । पहिलो खेलमा अर्जेन्टिना इटालीसँग पराजित भएको थियो।

फिफा वरीयताको २८औँ स्थानमा रहेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा तेस्रो वरीयताको स्विडेनसँग खेल्नेछ । सो खेलमा जित निकाले मात्र अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …