Khabarpato logo

         

खेलकुद

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

खबरदाता

खबरदाता

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मध्यम शुरुआत भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर, दुवै टोलीले केही सुन्दर मौका बनाए पनि सफल हुन भने सकेनन् ।

खेलको सुरुमै अफिज ओलावालेको पासमा मछिन्द्रका चेन्चो ग्याल्नेनले गरेको प्रहार गोल पोष्टमा लागेर फर्कियो ।

६८औँ मिनेटमा थ्री स्टारले बललाई जाली चुमाए पनि त्यो अफसाइड हुँदा थ्री स्टार निराश भएको थियो ।

लगत्तै मछिन्द्रका ओलावाले अफिजको प्रहार थ्री स्टारका गोलकिपरले बचाएका थिए ।

८४औँ मिनेटमा चेन्चो ग्याल्चेनले फ्री किकमा गरेको प्रहार थ्री स्टारका गोलकिपर पञ्च गर्दै फर्काए ।

खेलको इन्जुरी समयमा मछिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरे पनि गोल भने गर्न सकेन ।

शीर्षस्थानको होडमा रहेको थ्री स्टारलाई बराबरीले धक्का लागेको छ भने मछिन्द्रले लिगमा स्थान सुधार गर्ने मौका गुमाएको छ ।

यससँगै १२औँ चरणको खेलपछि थ्री स्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मछिन्द्र समान १२ खेलबाट १७ अंक जोडेर सातौँ स्थानमा छ ।

लिगमा बिहीबारदेखि १३औँ चरणका खेल सुरु हुनेछन् ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

हैदरावादलाई दिल्लीले ७ रनले हरायो

हैदरावादलाई दिल्लीले ७ रनले हरायो

आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पा…