Khabarpato logo

         

खेलकुद

शहीद स्मारक ए डिभिजनमा पुलिसको जित, एपीएफ र चर्च ब्वाइज बराबरीमा रोकिए

खबरदाता

खबरदाता

शहीद स्मारक ए डिभिजनमा पुलिसको जित, एपीएफ र चर्च ब्वाइज बराबरीमा रोकिए

शहीद स्मारक ए डिभिजन लिग, २०७९-०८० मा पूर्वच्याम्पियन नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।

अंक तालिकाको पुछारमा रहेको पुलिसले आफूभन्दा १ स्थान अघि रहेको फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसको जितमा घानाका खेलाडी मोसेस युमले डेब्यु खेलमा गोल गर्दा बुद्धबल तामाङले २ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।

खेलमा पुलिसले पहिलो पटक २ जना विदेशी खेलाडी खेलाएको थियो । खेलमा मोसेससँगै जोइ आइडो खेलेका थिए ।

लिगमा लगातार खराब प्रदर्शनपछि पुलिसले विदेशी खेलाडी आबद्ध गरेको हो । विदेशी खेलाडी आबद्ध गरेको पहिलो खेलमै पुलिसले सिजनमा पहिलो जित निकाल्न सफल भयो ।

पुलिसका लागि बुद्धबलले ५८ मिनेटमा अग्रता दोब्बर पारे ।

फ्रेन्ड्सका टोरिक जेब्रिनले ८७ मिनेटमा गोल फर्काए तर बुद्धबलले ९० मिनेटमा तेस्रो गोल गर्दा पुलिस जिततर्फ अघि बढ्यो ।

अंक तालिकाको १४औँ अर्थात् पुछारमा रहेको पुलिसले ४ अंक जोडेको छ । पुलिसले ७ खेलमा ५ खेलमा हार बेहोर्दा १/१ खेलमा जित र बराबरी खेलेको छ । यता, १३औँ स्थानको फ्रेन्ड्सले पनि ४ अंक जोडेको छ भने गोलअन्तरमा पुलिसभन्दा अघि छ ।

यता, दशरथ रंशगालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएका छन् ।

लिगमा चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पाँचौँ स्थानको एपीएफको ११ अंक भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …