Khabarpato logo

         

खेलकुद

विमेन्स ओलम्पिक छनोट : नेपाल र भियतनाम भिड्दै

खबरदाता

खबरदाता

विमेन्स ओलम्पिक छनोट : नेपाल र भियतनाम भिड्दै

अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिकअन्तर्गत महिला फुटबलको एसियन छनोट राउन्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दै छ ।

समूह 'सी'मा २ टिम मात्र रहेकाले नेपाल र भियतनामले एकआपसमा २ खेल खेल्न लागेका हुन् ।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको थियो ।

२ खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ । नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा ४ गोल अन्तरले हराउनुपर्नेछ । तर, विश्वकप खेल्न लागेको भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन ।

पहिलो खेलमा सुरुआतमै पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले ५ गोल खाएको थियो । नेपालका लागि दोस्रो हाफमा सावित्रा भण्डारीले १ गोल फर्काएकी थिइन् । पहिलो चरणको छनोटबाट ७ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

एसियाबाट पेरिस ओलम्पकिमा २ टिम मात्र छनोट हुनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …