Khabarpato logo

         

खेलकुद

चर्च ब्वाइज क्लब 'ए' डिभिजन लिगमा बढुवा

खबरदाता

खबरदाता

चर्च ब्वाइज क्लब 'ए' डिभिजन लिगमा बढुवा

चर्च ब्वाइज युनाइटेड मंगलबार बिहान बाँसबारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जीतमा साइमन लिम्बूले ह्याट्रिकसहित ४ गोल गर्दा आशिष चौधरीले १ गोल गरे ।

सातौँ मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १७औँ मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

३७औं मिनेटमा साइमनले चर्च ब्वाइजको अग्रता ३-० मा पुर्‍याए । त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो बनाए । बाँसबारीका सञ्जिव धिमालले ५८औं मिनेटमा एक गोल फर्काए ।

खेल सकिन ९ मिनेट बाँकी रहँदा साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको ५-१ को विजयी गोल गरे ।

२०७५ सालमा ‘सी’ डिभिजन छनोटबाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको हो । 

यसअघि मनाङ-मर्स्याङ्दी, थ्री स्टार र हिमालयन शेर्पाले पनि पहिलो सिजनमै ‘डी’ डिभिजनबाट 'सी', 'सी' डिभिजनबाट 'बी' र 'बी' डिभिजनबाट शीर्ष डिभिजनको टिकट काटेका थिए ।

शीर्ष स्थानको चर्च ब्वाइजको १२ खेलमा २६ अंक छ, जुन दोस्रो स्थानको रानी पोखरी टिम (आरसीटी)भन्दा ८ अंक बढी हो । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ । 

आरसीटी र सरस्वती 'ए' डिभिजनमा पुनरागमनको लक्ष्यमा छन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …