Khabarpato logo

         

खेलकुद

नेपाल र हङकङले अंक बाँडे, नेपाल छनोटबाट बाहिर

न्युज कारखाना

न्युज कारखाना

नेपाल र हङकङले अंक बाँडे, नेपाल छनोटबाट बाहिर

एएफसी महिला एसियन कप- २०२२ छनोटअन्तर्गत समूह एफबाट नेपालको छनोट हुने  संभावना सकिएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाँडेपछि नेपालको महिला एसियन कपमा छनोट हुने संभावना समाप्त भएको हो ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् । नेपालले भने हङकङको तुलनामा राम्रो खेल प्रस्तुत गरेको थियो । यद्यपि, नेपाल फिनिसिङमै चुकेको थियो ।

समूह एफमा दुई खेलबाट १ अंक जोडेको नेपाल पुछारमा छ । यस्तै, एक खेल खेलेको फिलिपिन्स ३ अंकसहित शीर्षस्थान तथा समान एक खेलबाट १ अंक जोडेको हङकङ दोस्रो स्थानमा छ ।

नेपालको संभावना सक्किएसँगै अब समूह एफबाट फाइनल चरणमा पुग्न फिलिपिन्स र हङकङबीच प्रतिस्पर्धा हुनेछ  ।

फिलिपिन्सलाई अन्तिम खेलमा हङकङलाई बराबरमा रोके पुग्नेछ भने हङकङलाई जितको विकल्प छैन ।

यसअघि पहिलो खेलमा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।

नेपालको सुरुवाती- ११

गोलकिपर- अन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डर- हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना, बिमला बिक
मिडफिल्डर- रेनुका नगरकोटी, सरु लिम्बू, मन्जलीकुमारी योन्जन
फरवार्ड- प्रीति राई, सविता राना मगर, विमला चौधरी

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …