Khabarpato logo

         

खेलकुद

ब्रिगेड ब्वाइजको खर्च करोड माथि

न्युज कारखाना

न्युज कारखाना

ब्रिगेड ब्वाइजको खर्च करोड माथि
  • रमेश सुवेदी

२०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बढुवा भएको थियो । त्यसयता क्लबले छ संस्करण ए डिभिजन लिग खेलिसकेको छ । गत वर्ष मात्र क्लबले सुरुवाती चार खेल खेल्दै ए डिभिजन लिगमा शतक खेल पूरा गरेको थियो । १०० खेल पूरा गरेपछि क्लब रेलिगेसन (घटुवा)तर्फ अघि बढ्यो । तर, युवा खेलाडी र अनुभवी खेलाडीले टिमलाई रेलिगेसनबाट बचाए । 

तर, रेलिगेसनमा परेर निस्किए पनि त्यसको पीडा र तनाव भने तत्कालीन कार्यसमितिलाई निकै भयो । गत लिगमा भोगेको पीडा र तनावलाई यस पटक नदोहोर्‍याउने बाचासहित ब्रिगेड ब्वाइज क्लबले ए डिभिजन लिगको तयारी सुरु गरिसकेको छ । क्लबले यस पटक ठूलै प्रायोजक खोज्दै छ । क्लबले आफ्नो आर्थिक स्थिति बलियो बनाउने योजना ल्याएको छ । 

गत २६ भदौमा ब्रिगेड ब्वाइज क्लबको २१औँ साधारणसभा सम्पन्न भयो । क्लबले अध्यक्षमा लालकुमार पुनसहित १३ सदस्यीय कार्यसमिति पाएको छ । १३ सदस्य नै सर्वसम्मतले निर्वाचित भएका हुन् । लालकुमार यसअघि क्लबको कार्यकारी अध्यक्षका रूपमा रहेका थिए । निर्वाचित हेमराज थापा अस्वस्थ भएपछि लालकुमारले कार्यकारीको जिम्मेवारी पाएका थिए । 

यस्तै, उपाध्यक्षमा राजु हैजु रहेका छन् भने महासचिवमा स्मिथ लामा र सहमहासचिवमा मीनाकुमारी राई छन् । कोषाध्यक्षमा अरविन्द गुरुङ सर्वसम्मत रहे । सदस्यहरूमा अनुप बस्नेत, लोकबहादुर थापा, सनोज श्रेष्ठ, राकेश भट्टराई, सन्दीप धिमिरे, सूर्य पोखरेल, विनय भट्टराई र राजु श्रेष्ठ छन् । 

सर्वसम्मतले निर्वाचित भएसँगै क्लबले बैठकमार्फत आगामी २९ कात्तिकदेखि सुरु हुने ए डिभिजन लिगको तयारीका विषयमा छलफल गरेको थियो । कार्यसमितिले आगामी लिगका लागि संभावित खाका तयार पार्दै संभावित खर्चको विषयमा समेत गृहकार्य भएको थियो । 

क्लबले यस सिजनको खर्च करोडमाथि जाने अनुमान गरेको छ । उसले यस सिजनको लिगमा एक करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । ‘यो सिजन क्लबले ठूलै खर्च गर्ने योजना बनाएको छ ।  'हामी नतिजासमेत राम्रो निकाल्ने योजनामा छौँ, जसअनुसार हामीले एक करोडदेखि एक करोड २० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेका छौँ', उपाध्यक्ष राजु हैजुले भने । 

उपाध्यक्ष राजुले सबै खर्च प्रायोजकबाट नै उठाउने तयारी भएको र अब क्लबले प्रायोजक खोज्न थाल्ने बताए । क्लबले यस पटक गत सिजनकै खेलाडीलाई निरन्तरता दिने बताएको छ । उसले विदेशी खेलाडीको हकमा भने केही नेपाल सुपर लिग (एनएसएल) तथा कोही मोफसल खेलिसकेका विदेशी खेलाडी झिकाउने तयारी गरेको छ । 

गत सिजनमा क्लबको व्यवस्थापकसमेत रहेका अरविन्द गुरुङ यस पटक कोषाध्यक्षमा निर्वाचित भएका छन् । उनले गत सिजनकै नेपाली खेलाडीलाई निरन्तरता दिने र केही नयाँ खेलाडीसमेत क्लबमा रहने बताए । 

‘हामीले गत सिजन खेलेका खेलाडीलाई नै निरन्तरता दिँदै छौँ । विदेशी खेलाडीको हकमा भने सबै नयाँ हुनेछन् । केही खेलाडी एनएसएल खेलेका छन् भने केही अन्य क्लबबाट खेलेका हुनेछन्’, कोषाध्यक्ष गुरुङले भने । 

ए डिभिजन लिगमा बीबीसीको छ संस्करणको इतिहास हेर्ने हो भने रेलिगेसन जोन जोगाउने मात्र रणनीति देखिन्छ । गत सिजनसमेत क्लब घटुवा हुनबाट मात्र जोगियो । २०६१-०६२ सालको लिगमा नवौँ स्थान हात पार्नु नै बीबीसीको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।  

यस पटक भने क्लबले सुपर सिक्समा स्थान बनाउने गरी तयारी गरिरहेको बताएको छ । व्यवस्थापकसमेत रहेका अरविन्दले यस पटक ‘सुपर सिक्स’मा स्थान बनाउने लक्ष्यसहित क्लबले लिग खेल्ने बताए । 

‘यस पटक हामी सुपर सिक्सको टार्गेटसहित लिगमा आउनेछौँ । खर्चसमेत राम्रै गर्ने भएकाले हामी त्यसका लागि तयार छौँ', अरविन्दले भने । २९ कात्तिकदेखि आयोजना हुने लिगमा बीबीसीको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा कप्तान अनिल गुरुङले गर्नेछन् । यस्तै, प्रशिक्षकको जिम्मेवारी भने क्लबको सदस्यसमेत रहेका ए लाइसेन्स प्राप्त प्रशिक्षक सनोज श्रेष्ठले पाएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …