Khabarpato logo

         

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने

खबरदाता

खबरदाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एक दिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघका अनुसार नेपालले अगामी २० र २३ भदौमा ओमानमा पपुवा न्युगिनीसित २ एक दिवसीय खेल खेल्न लागेको हो । 

आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एक दिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग २ खेल खेल्ने तय भएको हो । लिग- २ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासित त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ ।

त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि हाल नेपाली टोली बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा १९ जना खेलाडी सहभागी हुनुहुन्छ । बन्द प्रशिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल सहभागी छन् ।    

विश्वकप लिग- २ मा नेपाल रहेका समूहमा पपु्वा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् रहेका छन् । लिग- २ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । नेपाल ४ खेलमा २ जीत र २ खेलमा हारका साथ ४ अंक जोड्दै छैटौँ स्थानमा छ । 

ओमान १० खेलमध्ये ८ मा जीत र २ मा हार बेहोर्दै १६ अंकसहित शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जीत र ६ मा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जीत र ३ मा हारका साथ ९ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया ७ खेलमा ४ मा जीत र ३ मा हार बेहोर्दै ८ अंकसहित चौथो स्थानमा छ । 

यसैगरी यूएई ७ खेलमा ३ मा जीत र ३ मा हारका साथ ७ अंक जोड्दै पाँचौँ  स्थानमा छ । यूएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका ८ वटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अंकबिहीन बन्दै लिग- २ को पुछारमा रहेको छ । लिग- २ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एक दिवसीय खेल खेल्नेछन् । लिग- २ शीर्ष ३ टोली सन् २०२३ मा भारतमा आयोजना हुने एक दिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने पुछारमा रहने ४ टोलीले प्लेअफ खेल्नेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …