Khabarpato logo

         

खेलकुद

आईपीएल: दिल्लीको तेस्रो जीत

खबरदाता

खबरदाता

आईपीएल: दिल्लीको तेस्रो जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जीत निकालेको छ । चेन्नाईमा मंगलबार राती भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जीत निकालेको हो ।

मुम्बईले दिएको १३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । दिल्लीको जीतमा शिखर धवनले सर्वाधिक ४५ रन बनाएका छन् ।

स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे । कप्तान रिषभ पन्त र पृथ्वी साले समान ७-७ रन जोडेर आउट भए । सिम्रन हिटमेयरले अविजित १४ रन बनाए । जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र काइरन पोलार्डले १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । जीतसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ४ खेलबाट ६ अंक जोडेको छ । दोस्रो हार बेहोरेको मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …