Khabarpato logo

         

खेलकुद

आईपीएल: चेन्नाई दोस्रो स्थानमा

एजेन्सी

एजेन्सी

आईपीएल: चेन्नाई दोस्रो स्थानमा

राजस्थान रोयल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जीत हात पारेको छ ।

सोमबार राती भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको हो । पहिलो खेलमा दिल्लीसँग पराजित चेन्नाइले त्यसपछि पञ्जाब किङ्सलाई पराजित गरेको थियो ।

चेन्नाइले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ओपनर जोस बट्लरले सर्वाधिक ४९ रन बनाए । जयदेव उनादकडले २४ र राहुल टेवाटियाले २० रन बनाए ।

चेन्नाइका मोइन अलीले ३ विकेट लिए भने साम करन र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

चेन्नाइका लागि ओपनर फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए । अम्बाती रायडुले २७ र मोइन अलीले २६ रन जोडे । ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले समान १८ रन बनाए ।

राजस्थानका चेतन साकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

जीतपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाई अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपछि चेन्नाईले दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पारेको हो ।

राजस्थानको यो दोस्रो हार हो । ३ खेलमा २ अंक जोडेको राजस्थान छैटौँ स्थानमा रहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …