Khabarpato logo

         

खेलकुद

त्रिकोणात्मक टी-२०: नेपालको शानदार जीत

खबरदाता

खबरदाता

त्रिकोणात्मक टी-२०: नेपालको शानदार जीत

ट्राइ नेसन्स सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो टी-२० म्याचमा नेपालले ९ विकेटकाे सहज जीत हात पारेको छ । आजको नेपालको जीतमा ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धशतक बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । जबाफी ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा १ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि डेब्युट्यान्ट कुशल भुर्तेलले ६२ रनको शानदार इनिङ खेले । ट्वान्टी-२० मा पहिलो पटक नेपाली जर्सी लगाएर क्रिजमा उत्रिएका कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए । 

५४ रनको अविजित इनिङ खेलेका आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सका लागि जुलियन डी मेले १ मात्र विकेट लिए । उनले कुशललाई पिटर सिलारको हातबाट क्याच आउट गराएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले १/१ विकेट लिए ।

घरेलु मैदानमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले शानदार सुरुवात गरेको छ । अागामी शनिबारसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा भोलि नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …