Khabarpato logo

         

खेलकुद

आईपीएल: चेन्नाईले हात पार्‍यो जीत

एजेन्सी

एजेन्सी

आईपीएल: चेन्नाईले हात पार्‍यो जीत

जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले जीत हात पारेको छ ।

१४औँ संस्करणमा पहिलो जीत हात पार्दै चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईस्थित वाङखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईका लागि मोइन अलीले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

ओपनर फाप डु प्लेसिसले अविजित ३६ रन जोडे । पञ्जाबका मोहम्मद शामीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । पञ्जाबका लागि साहरुख खानले सर्वाधिक ४७ रन बनाए । उनले ३६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । झ्ये रिचर्डसनले १५ रन जोडे ।

पञ्जाबलाई कम स्कोरमा रोक्न चेन्नाईका दीपक चाहरले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ४ विकेट लिए । साम करन, मोइन अली र ड्वेने ब्राभोले समान १ विकेट लिए ।

हरेक टोलीले समान २ खेल खेलिसक्दा रोयल च्यालेन्जर्स बेङ्लोर दुवै खेल जित्दै अपराजित रहने एक्लो टिम बनेको छ । सनराइजर्स हैदरावाद भने दुवै खेलमा पराजित भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …