Khabarpato logo

         

खेलकुद

आईपीएल: बेङ्लोरको दोस्रो जीत

एजेन्सी

एजेन्सी

आईपीएल: बेङ्लोरको दोस्रो जीत

रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणमा लगातार दोस्रो जीत हात पारेको छ ।

बुधबार चेन्नइमा भएको खेलमा बेङ्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो । बेङ्लोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रन बनाए । यस्तै, मनीष पाण्डेले ३८, रसिद खानले १७ र जोनी बेयर्स्टोवले १२ रन जोडे ।

बेङ्लोरका लागि बलिङमा शहबाज अहेमदले ३ विकेट लिए । त्यसका लागि उनले २ ओभरमा मात्र बलिङ गर्दै जम्मा ७ रन खर्चिए । उनले १७औँ ओभरमा सबै ३ विकेट लिएका थिए । यस्तै, मोहम्मद सिराज र हर्सल पटेलले समान २ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्लोरले ग्लेन म्याक्सेवलको अर्धशतकको मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । यस्तै, कप्तान विराट कोहलीले ३३ रन जोडे ।

हैदरावादका ज्यासन होल्डरले ३ र रसिद खानले २ विकेट लिए । यस्तै भुवनेश्वर कुमार, टी नटराजन र शहबाज नदिमले समान १ विकेट लिए ।

लगातार २ खेल जित्दै ४ अंक जोडेको बेङ्लोर अंकतालिकाको शीर्ष स्थानमा छ । लगातार २ खेल हारेको हैदरावाद भने अंकविहीन छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …