Khabarpato logo

         

सं‌सार

ट्विटरका संस्थापकको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा बिक्यो

एजेन्सी

एजेन्सी

ट्विटरका संस्थापकको पहिलो ट्विट २९ लाख अमेरिकी डलरमा बिक्यो

एउटा ट्विट २९ लाख अमेरिकी डलरमा बिक्री भएको छ ।

'जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्विट त्यत्रो ठूलो रकममा बिक्री भएको हो । सन् २१ मार्च २००६ मा लेखिएको उक्त ट्विट संस्थापक डोर्सीले परोपकारी कार्यका लागि खर्च गर्न बिक्री गरेका हुन् ।

संस्थापक डोर्सीको पहिलो त्यो ट्विट २९ लाख अमेरिकी डलरमा सिना इस्टाभी नाम गरेका एक मलेसियाली व्यापारीले किनेका छन् । इस्टाभीले आफूले उक्त ट्विट किन्नुलाई 'मोनालिसा' चित्रकला किनेजस्तो बताएका छन् ।

बिटक्वाइनको प्रतिस्पर्धी इथर क्रिप्टोकरेन्सीमार्फत सोमबार किनिएको सो ट्विट किनिसकेपछि इस्टाभीले डिजिटल कुराहरूको अभिलेख राख्न प्रयोग गरिने एनएफटी टोकन पनि पाएका छन् ।

एजेन्सीहरूका अनुसार डोर्सीले ट्विट बिक्रीबाट प्राप्त गरेको रकम अफ्रिका महादेशमा परोपकारी कामका लागि दान गर्ने बताएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…