Khabarpato logo

         

सं‌सार

म्यान्मारमा बीबीसीका पत्रकार अपहरणमुक्त, सेनाको कूपछिको हिंसामा २५० बढीको मृत्यु

एजेन्सी

एजेन्सी

म्यान्मारमा बीबीसीका पत्रकार अपहरणमुक्त, सेनाको कूपछिको हिंसामा २५० बढीको मृत्यु

अपहरणमा परेका म्यानमारका लागि बीबीसीका संवाददाता आङ थुरा अपहरणमुक्त भएका छन् । 

राजधानीस्थित अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोसाकमा आएका व्यक्तिहरूले उनलाई शुक्रबार अपरहण गरेका थिए । 

म्यानमारमा सेनाले गरेको सत्ता कब्जाका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार आङ थुरा सम्पर्कमा आएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् । रिहा भएका पत्रकार र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । 
बीबीसीका समाचारदातासँगै स्थानीय पत्रकार थान हटिक अउङ पनि बेपत्ता भएका थिए । उनलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ । 

यसैबीच गत १ फेब्रुअरीमा भएको सैन्य कूपछिको प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म २ हजार ६०० जना गिरफ्तार भएका छन् भने २५० भन्दा बढीको मृत्यु भइसकेको समाचार छ । कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुन सक्ने दाबी पनि गरेका छन् । 

सेनाले नेतृ आङसाङ सु कीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा लिई राखेको छ । सैन्य विद्रोह भएपछि म्यानमारमा ४० जना पत्रकारहरू पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले ५वटा सञ्चार माध्यमहरूको अनुमति पनि खारेज गरेको जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…