Khabarpato logo

         

सं‌सार

अमेरिका-रुस तनाव बढ्दै, रुसले फिर्ता बोलायो आफ्ना राजदूत

एजेन्सी

एजेन्सी

अमेरिका-रुस तनाव बढ्दै, रुसले फिर्ता बोलायो आफ्ना राजदूत

अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर २ देशबीच उत्पन्न तनाबका बीच रुसी राजदूत अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता भएका छन् ।

रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उनलाई फिर्ता बोलाएका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक अमेरिकी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनलाई 'हत्यारा' भनेका थिए । 

अमेरिका र रुसबीचको सम्बन्ध यसअघि नै निकै कमजोर स्तरमा पुगेको थियो । रुसले अमेरिकी राष्ट्रपतिको चुनावलाई प्रभावित पार्ने गरी विभिन्न गतिविधि गरेको तथा रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई जेलमा पठाएको भन्दै अमेरिकी राष्ट्रपति बाइडेन आक्रोशित भएका छन् । 

रुसी समाचार संस्थाका अनुसार अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभ आइतबार बिहान मस्कोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । 

मस्को प्रस्थान गर्नुअघि न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू आवश्यकताअनुसार मस्कोमा रहने बताएका थिए ।

मस्कोले आफ्ना राजदूतहरूलाई बिरलै स्वदेश फर्काउने गरेको छ । यसअघि सन् १९९८ मा इराकमा पश्चिमा मुलुकले गरेको हवाई आक्रमणपछि रुसले अमेरिकाका लागि आफ्ना राजदूत फिर्ता बोलाएको थियो । 

सन् २०१४ मा युक्रेनबाट क्रिमियालाई आफ्नो भूमिमा समाहित गरेको विरोधमा अमेरिकाले रुसमाथि कारबाही गर्ने धम्की दिएसँग राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…