Khabarpato logo

         

सं‌सार

म्यान्मारमा बीबीसीका पत्रकार आङ थुरा पक्राउ, शुक्रबार थप ८ जनाको ज्यान गयो

एजेन्सी

एजेन्सी

म्यान्मारमा बीबीसीका पत्रकार आङ थुरा पक्राउ, शुक्रबार थप ८ जनाको ज्यान गयो

म्यान्मारमा सुरक्षा बल र प्रदर्शनकारीबीच भइरहेका झडपका क्रममा बीबीसीका एक पत्रकार पनि पक्राउ परेका छन् ।

शुक्रबार राजधानी नेपिदअस्थित एउटा अदालतबाहिर रहेर समाचार संकलन गरिरहेका बेला बीबीसी बर्मेेेली सेवाका पत्रकार आङ थुरालाई सादा पोसाकमा आएका सुरक्षाकर्मीहरूले लिएर गएको बताइएको छ ।

पत्रकार थुरालाई पक्राउ गरिएको प्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई उनको खोजखबरमा सहयोग गर्न आग्रह गरेको छ । 

थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ । 

एक वक्तव्य जारी गर्दै बीबीसीले म्यान्मारस्थित आफ्ना सबै कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिएको र आङ थुरालाई खोज्न हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेको छ ।

एउटा नम्बर नखुलेको भ्यानमा आएका मानिसहरूले दिउँसो उनीहरूलाई खोज्दै आएका बताइएको र त्यसपछि थुरासँग सम्पर्क हुन नसकेको बीबीसीले जनाएको छ ।

म्यान्मारमा गत १ फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परेकामा १६ जना अझै हिरासतमै रहेका र सेनाले ५ वटा समाचार संस्थाको अनुमतिपत्रसमेत खारेज गरिदिएको बताइएको छ ।

यसैबीच शुक्रबार मात्र सुरक्षा फौजको गोली प्रहारबाट आङ्गबान शहरमा ८ जना मारिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…