Khabarpato logo

         

सं‌सार

आफूलाई 'हत्यारा' भन्ने बाइडनलाई पुटिनले यसरी दिए जबाफ

एजेन्सी

एजेन्सी

आफूलाई 'हत्यारा' भन्ने बाइडनलाई पुटिनले यसरी दिए जबाफ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनले आफूलाई 'हत्यारा' भन्दै गरेको टिप्पणीको प्रत्युत्तर दिएका छन् ।

पुटिनले रुसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्ताका क्रममा बाइडनलाई आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनलाई आफूले 'हत्यारा' ठानेको बताएका थिए ।

आफ्ना सुरक्षा निकायहरूले विपक्षी नेता एलेस्की नभाल्नीलाई मार्ने प्रयास गरेको भन्ने आरोपलाई अस्वीकार गर्दै राष्ट्रपति पुटिनले बाल्यावस्थामा खेल मैदानमा बहस गर्दा भन्ने गरेको सम्झिएको र त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्नेे बताएका हुन ।

अमेरिकी चुनावी अभियानलाई कमजोर पार्न रुसले प्रयत्न गरेको भन्ने निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले अमेरिकी टेलिभिजन च्यानल एबीसीको एक अन्तर्वार्तामा पुटिनका सम्बन्धमा त्यस्तो टिप्पणी गरेका थिए ।

मङ्गलबार सार्वजनिक गरिएको १५ पृष्ठ लामो उक्त प्रतिवेदनमा पुटिनले निर्वाचनमा हस्तक्षेपका लागि अनुमति दिएको उल्लेख गर्दै बाइडनलाई बदनाम गर्न र डोनाल्ड  ट्रम्पलाई प्रोत्साहन गर्न मतदान प्रणालीप्रति अविश्वास पैदा गराउने एवं अमेरिकामा विभाजनको विचारलाई थप चर्काउन प्रोत्साहित गर्नेजस्ता विधिहरूको उपयोग गरिएको उल्लेख छ ।

बाइडनले उक्त अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले गरेको हस्तक्षेपको पुटिनले मूल्य चुकाउनुपर्ने बताएका थिए ।

त्यसपछि परामर्शका लागि भन्दै रुसले अमेरिकास्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो ।

उक्त रुसी टेलिभिजनमा बोल्दै पुटिनले अमेरिकालाई विभिन्न ठाउँमा नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोपसमेत लगाएका थिए ।

२ विश्व शक्तिका नाइकेहरूका बीच सुरू भएको यस प्रकारको वाकयुद्धले थप तनाव सिर्जना हुन सक्ने विश्लेषकहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…