Khabarpato logo

         

सं‌सार

म्यान्मारमा सेनाको ताण्डव: आइतबार ३८ जना मारिए

एजेन्सी

एजेन्सी

म्यान्मारमा सेनाको ताण्डव: आइतबार ३८ जना मारिए

गत महिना सेनाले शासन आफ्नो हातमा लिएपछि त्यसविरुद्ध म्यान्मारमा भइरहेको प्रदर्शनमा जनता मारिने क्रम जारी छ । प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो । 

चिनियाँ व्यवसायीमाथि हमला भएको भन्दै सेनाले यङ्गुनका केही क्षेत्रमा सैन्य कानुन लागू गरेको छ ।

सेनाले नेत्री आङ सान सु कीलगायतलाई नियन्त्रणमा लिएर शासन आफ्नो हातमा लिएपछि कतिपय सांसदहरू भूमिगत भएका छन् । सेनाले नियन्त्रणमा लिनुअघि नै उम्किन सफल एनएलडीका सांसदहरूले सीआरपीएच नामक एक समिति गठन गरेका थिए । मान विन खाइन थान सीआरपीएचका प्रमुख छन् ।

उनले सेनाले शासनमा नियन्त्रणमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै सेनाविरुद्धको आन्दोलनलाई निरन्तरता दिने बताएका थिए । उनले अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो रहेको उल्लेख गर्दै छिट्टै बिहानी आउन लागेको पनि बताएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…