Khabarpato logo

         

सं‌सार

म्यान्मारमा चरम दमन: चिनियाँ कारखानामा आक्रमण, आइतबार कम्तीमा १४ जनाको मृत्यु

एजेन्सी

एजेन्सी

म्यान्मारमा चरम दमन: चिनियाँ कारखानामा आक्रमण, आइतबार कम्तीमा १४ जनाको मृत्यु

पक्राउ पर्नबाट उम्किएर भागेका मान विन ख्याङ थानलगायत सैैैैैनिक कदमका विरोधी सांसदहरूले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै क्रान्तिको त्यस घडीमा सुरक्षाकर्मीको दमनबाट आफ्नो रक्षा गर्न आह्वान गरेको केही समयपछि म्यान्मारको मुख्य शहर याङ्गुनमा भएको भिडन्तमा कम्तीमा १४ जना मारिएको बीबीसीले जनाएको छ ।

त्यहाँ दिनभर गोली चलेको आवाज सुनिएको र प्रशस्त सेनाका वाहनहरू देखिएको बताइएको छ ।

याङ्गुनको ल्याङ थारयार नामक स्थानमा रहेका चिनियाँ कारखानाहरू आक्रमणको निशाना बनाइएपछि सैनिक शासक जुन्ताले त्यहाँ 'युद्ध कानुन' (मार्शल ल) लागू गरेका छन् । फलामका रड, बन्चरो र पेट्रोलसहित आएका प्रदर्शनकारीहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाएर क्षति पुर्‍याएका थिए भने उक्त घटनामा केही चिनियाँ नागरिकहरू घाइतेसमेत भएका थिए ।

यसैबीच एक जना प्रहरी अधिकारी पनि मारिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । 

एक स्थानीय अनुगमन समूहलाई उद्धृृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएअनुसार सेनाको कूको विरोधमा जारी प्रदर्शनका क्रममा आइतबारसम्ममा कम्तीमा ८० जनाको मृत्यु भइसकेको छ ।

त्यहाँको सेनालाई चीनले मद्धत गरिरहेको भन्दै प्रदर्शनकारीहरू चीनप्रति क्रूद्ध बनेका छन् । 
त्यसैबीच म्यान्मारस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै हिंसाका विरुद्ध कडा कदम चाल्न र त्यहाँ रहेको चिनियाँ जनधनको सुरक्षा गर्न आग्रह गरेको उल्लेख गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…